देवदहमा एक दिने नि:शुल्क लेखा तथा कर प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 55 Second

गोविन्द घर्ति

कार्तिक ३ । रुपन्देहीको देवदहमा एक दिने नि:शुल्क लेखा तथा कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

देवदह उद्योग बाणिज्य संघको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो-अवसरमा बोल्ने वक्ताहरुले राज्यलाई कर तिर्नु नागरिकको दायित्व भएकोले सवैले कर तिर्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले आमनागरिकले राज्यलाई तिरेको करको सही सदुपयोग हुनुपर्ने बताएका थिए ।

देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय रुपन्देहीका कर अधिकृत टिकाराम गैरे, लेखा परिक्षक चन्द्रकान्त भट्टराई, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संगठनका महासचिव मेघनाथ ढकाल, र्दीघायु नेपालका लक्ष्मीकान्त पाण्डे, रेडियो देवदहका रमेश पोखरेल, उद्योगी तुल्सी न्यौपाने, रामचन्द्र पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा देवदह क्षेत्रका व्यापारी, उद्योगीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राजश्व कार्यालय रुपन्देहीका कर अधिकृत हिमाल गौतमले सहजीकरण गर्नु भएको थियो । हरी भण्डारीको स्वागत र संघका महासचिव प्रमोद खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %