कतारमा मगर संघले प्रथम हुर्रा महोत्सव तथा दिपावली भब्य मनाउने

Read Time:3 Minute, 18 Second

कृष्ण सारू मगर
Image may contain: 6 people, people smiling, text

दोहा-कतार, सेप्टेम्बर १९ – वैदेशिक शाखाको रूपमा सन २००० मा स्थापित नेपाल मगर संघ कतारले आउँदो २७ अक्टोबर २०१७ शुक्रबारका दिन प्रथम हुर्रा महोत्सव तथा दिपावली कार्यक्रम भब्य मनाउने भएको छ ।

कार्यक्रमको लक्ष्य गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष सह्योगार्थ रहेकोले मगरहरुको मौलिक परम्परागत साँस्कृतिक पहिचान संग जोडिएको विषेश गरी नेपालको पुर्वीय भेगमा अतिनै लोकप्रिय हुर्रा नृत्य संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कतारमा पहिलो पटक प्रथम हुर्रा महोत्सव आयोजना गरिएको संघका महासचिव बिजय कुमार मगरले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई बताए ।

उक्त प्रथम हुर्रा महोत्सव तथा दीपावली कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन नेपाल मगर संघ शाखा कतारका सदस्य तथा संघको कला तथा साँस्कृतिक संयोजक समेत रहेका भुपेन्द्र रिखाम मगरलाई जिम्मेवारी दिएको छ ।

विषेश आकर्षणका अतिथि कलाकारहरू:

नेपाल मगर सास्कृतिक संघका अध्यक्ष तथा मयुर नाचका नृत्यकार कविराज मगर, राष्ट्रिय लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, मोडल तथा चर्चित नृत्यगना रिना थापा मगर, मोडल तथा नृत्य निर्देशक सुमन थापा मगर, राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका के.सी. (गुरुङ्ग) साथै संघको कला तथा सास्कृतिक विभागीय कलाकारहरुको विशेष प्रस्तुतिले साथ दिने छन् ।

नेपाली मौलिक कला तथा संस्कृति झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिहरु रहने भएकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन दोहा, कतारमा रहेका सम्पुर्ण संघ, संस्था संगठन, उधोग, ब्यावसायी, समाजसेवी तथा बुद्धिजीवी विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु साथै कतारमा रहनु हुने समस्त मगर तथा गैर मगर आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा गरिमामय उपस्थिका लागि सम्वन्धित सबैमा नेपाल मगर संघ आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरेको छ ।

मिती:- २७ अक्टोबर २०१७
स्थान:- सनैया स्थित ग्राण्डमल नजिकै रहेको दल्ला ड्राइभिङ एकेडेमी हल
समय:- बिहान १० बजे देखी
नोट: थप विवरण सहित जानकारीका लागि पोस्टरमा उल्लेखित संवन्धित सम्पर्क गर्नुहोस् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %