कतारमा मगर संघले कलाकारलाई भेटघाट तथा बिदाई कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 57 Second

बिजय कुमार मगर

Image may contain: 6 people, people smiling, people sitting and tableदोहा/कतार,  सेप्टेम्बर ३ – नेपाल मगर संघ, शाखा कतारको आयोजनामा गायक बादल थापा मगरलाई गएको ८ सेप्टेम्बर शुक्रबारका दिन दोहाको नज्मा स्थित सेयुलन रेष्टुरेन्टको सभाकक्षमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सु.प.से.स, कतार द्वारा आयोजित वार्षिकोत्सब तथा गौरा पर्व कार्यक्रमको निमन्त्रणामा कतार आएका गायक बादल थापा मगरलाई संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको सह्योगमा संघले सम्मान पत्र तथा संघका अध्यक्ष शेर बहादुर रोका मगरले संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको हो ।

सोही समारोहमा नेपाल मगर संघ, शाखा सदस्य एवं संघको मातहतमा रहेको कला तथा सास्कृतिक विभागकी कलाकार सृजनाले संघलाई दिएको योगदानलाई उच्च मुल्यांकन गर्दै संघबाट सम्मानित भएकी हुन् ।

उक्त कदर पत्र, मायाको चिनोलाई सभापति रोकाले, प्रदान गरेका हुन् । यसैगरी कला तथा सास्कृतिक विभागका संयोजक भुपेन रिखाम मगरको सह्योगमा विभागले कलाकार सृजना रेश्मी मगरलाई संघको लोगो अंकित मायाको चिनो प्रदान गरेको छ ।

उपस्थित सम्पुर्ण विभागीय पद्धेन पदाधिकारी सदस्यहरूले द्वय कलाकारलाई क्रमशः खादा ओडाएर स-सम्मान विदाई गरेका हुन् ।

संघबाट प्राप्त सम्मान प्रति अत्यन्तै खुसी रहेका गायक बादलले थप्दै भने, प्रवासमा रहेर पनि संघले आफ्नो मौलिक संस्कार संस्कृतिको कला, संस्कृतीको जगेर्ना, संरक्षण(संवर्द्धन संगै प्रवर्द्धनमा भेषभुषा तथा भाषालिपीलाई जिवन्त राखेकाले अझ उत्तरोत्तर प्रगतिको कामना सहित धन्यवाद दिए ।

यसैगरी सृजना रेस्मी मगरले कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई सम्बोधन गर्दै भनिन् संघले दिएको माया र सम्मानलाई सधै सम्झिरहने र आफू जहाँ रहे पनि आफुले सक्ने सह्योग दिने प्रतिवद्धता वचन दिएकी छन् ।

उक्त भेटघाट तथा बिदाई कार्यक्रम समारोहमा संघको मातहतमा रहेका विभिन्न विभागीय समिति तथा उपसमितिका पद्धेन पदाधिकारीहरू प्रमुख सल्लाहकार महेन्द्र थापा मगर सल्लाहकार सदस्य भिम तरामु मगर, जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर केशव राना मगर, महिला विभागीय संयोजक ईशोरा थापा मगर, कला तथा साँस्कृतिक विभागीय संयोजक भुपेन्द्र रिखाम मगर, पुर्व उपाध्यक्ष प्रकाश आले मगर, मानर्थ सदस्य बबिन राई र टेक रसाइली लगायत विशिष्ट ब्याक्तित्वहरूले उपस्थिति जनाएको थियो ।

उपस्थित सम्पुर्णलाई स्वागत गर्दै संघका प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत मन्तव्य राखेका थिए । महासचिव विजय कुमार मगरको संचालनमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष शेर बहादुर रोका मगरले सभापतित्व गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %