कृष्ण सारू मगर
दोहा-कतार, सेप्टेम्बर १९ – एपी वान टेलिभिजन द्वारा प्रसारित अन्तराष्ट्रिय फ्रेन्जाईज प्राप्त नेपालकै पहिलो राष्ट्रव्यापी प्रतिशप्रधात्मक प्रतियोगिताको नेपाली संस्करणको “नेपाल आईडल” (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाईनल कार्यक्रम यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा हुने कार्यक्रमको स्थल तैयारीका लागि नेपाल बाट नेपाल आईडलका निर्देशक सहित झण्डै आधा दर्जन प्राविधिक टोलीलाई विहिबार राती एभरेष्ट युथ यसोसिएसनका अध्यक्ष तथा कार्यक्रम संयोजक उत्तम गुरूङ्ग सहितको टोलिले हमाद अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
हामीलाई प्राप्त जानकारी अनुसार नेपाल आईडलका निर्देशक लक्षमण पौडेलका अनुसार, कार्यक्रम उद्धघोषक सुशील नेपाल रहनेछन्, मुख्य क्यामेरामा शिवराम श्रेष्ठले गर्नेछन् यसैगरी मुख्य आईटीमा धनन्जय आचार्य, रहनेछन् भने, कार्यक्रम स्थलको लाईट डिजाईनरमा पङ्कज बि.क.ले मुख्य भुमिका निर्वाह गर्ने कार्यक्रम संयोजक उत्तम गुरूङ्गले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।
आईडलका निर्देशक पौडेलका अनुसार मध्ये पुर्वीय राष्ट्र कतारको राजधानी दोहामा हुने यो कार्यक्रम हाल सम्मकै ठूलो कार्यक्रम भएकोले आफू सहित प्राविधिक टोलीलाई छिट्टै आएको स्रोतले जनाएको छ ।
उक्त कार्यक्रमको विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडाको विशेष प्रस्तुतिमा भरपुर मनोरञ्जन लिई रम्दै रमाउँदै भब्य र सभ्य रूपमा सम्पन्न गराउन समस्त दोहावासी आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरूमा आयोजक समिति परिवारले हार्दिक निमन्त्रणा गरेको छ ।
नेपालीहरूको शान, मान, प्रतिष्ठा र नेपालको गौरवता, संगै गाँसिएको दोहामा हुने हाल सम्मकै सबैभन्दा ठूलो कार्यक्रम हो । आगामी २२ सेप्टेम्बरका दिन ग्रैण्डमलको एम्पिथिएटमा हुने नेपाल आईडलको फाईनल प्रतियोगिता सम्वन्धित केही सञ्चारले फैलाएको भ्रमात्मक समाचरका कारण उत्पन्न भ्रमले त्रसित फैलिएकोले कसैलाई पनि भ्रममा नपर्न हुन कार्यक्रम संयोजक गुरूङले अनुरोध गरेको छ ।