सहारा प्रतिष्ठान नेपालको ८औँ साधारणसभा

Read Time:2 Minute, 38 Second

जिवन सुबेदी

पोखरा, भदौ २ – पोखरामा रहेको सहारा प्रतिष्ठान नेपालको ८औँ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनको प्रमुख अतिथि एवं थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक तथा बालगृह संजाल कास्कीका अध्यक्ष डा. राजेन्द्र गौतमले उद्घाटन गर्नुभयो ।

उद्घाटनपछि बोल्दै डा. गौतमले बालबालिकाको लागि लगानी गर्नु महत्वपूर्ण कदम भएको बताउनुभयो । बालबालिकाका लागि  नेपाल सरकारले पनि ध्यान दिईरहेको भन्दै उहाँले बालगृहका लागि कतिपय नीति नियमहरु बनिसकेको र कति निर्माणकै क्रममा रहेको जानकारी दिनुभयो । बालगृह सञ्चालन गर्न थुप्रै चुनौती भएको चर्चा गर्दै डा. गौतमले  चुनौतीका बाबजुत काम गर्दा देश विकाशमा टेवा मिल्ने धारणा राख्नुभयो । उहाँले आफ्नो बल्यकाल स्मरण गर्दा कार्यक्रममा सबैजना भावुक बनेका थिए ।

सो अवसरमा संस्थाको सामाजिक लेखा परिक्षण समेत गरिएको थियो । समाजिक लेखा परिक्षक एवं थ्रि एन्जल्स नेपालका प्रशासकीय सचिव भीम पौडेलले संस्थाले गरेका क्रियाकलाप प्रशंसायोग्य रहेको बताउनुभयो ।

कार्यक्रममा थ्रि एन्जल्स नेपालका मिडिया डाईरेक्टर एवं थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश श्रेस्ठ, बालगृह संजाल महासचिव अमृत तिवारी, केंद्रीय बालगृह महासंघ नेपालका सचिब  बिजय कुमार प्रधान लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकमना व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष बल बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव खिम बहादुर विकले सचिवको प्रतिवेदन प्रस्तुत गनुएभयो । सस्थाका कार्यकारी निर्देशक डि. बी. विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको संचालन सचिब खिम बहादुर बि. क. ले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %