राम अस्लामी


संघीय लिम्बुवान सामाजिक मञ्च कतार र राष्ट्रिय जनमुक्ति मञ्च कतारको संयुक्तरूपमा राजनैतिक प्रशिक्षण कार्यक्रम दोहाको “The Gorkha Resturant” को सभाहलमा १५ सेप्टेम्बर शुक्रबार का दिन सम्पन्न गरिएको छ ।
जातीय, भाषिक समानता मुक्तिको लागि २५० बर्ष देखि शोषित, पीडित, र दमनमा परेका जातिहरुको भुमी मुक्तिको लागि र ऐतिहासिक पृष्ठभुमिको आधारमा संघीयता सहितको नयाँ नेपाल निर्माण गर्न १०+१ प्रान्त सुनिश्चित गर्न यी दुई संगठनका प्रवास समितिले एक बृहत राजनैतिक प्रशिक्षण सम्पन्न गरेका छन् ।
संयुक्तरुपमा प्रशिक्षणको लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतारको संयोजकत्वमा र सह-संयोजक राष्ट्रिय जनमुक्ति मञ्च कतार रहनेगरी संयुक्त प्रशिक्षण कार्यक्रम सन्चालन गरि संघीय लिम्बुवान सामाजिक मञ्च कतारका केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार एभेङ्को सभापतित्वमा सम्पन्न गरिएको थियो । अतिथिहरु राष्ट्रिय जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई , संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष रेखा राई, राष्ट्रिय जनमुक्ति मञ्च कतारका सह-अध्यक्ष मन थापामगर, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´, राष्ट्रिय जनमुक्ति मञ्च कतारका उपाध्यक्ष निता तामाङ, राष्ट्रिय जनमुक्ति मञ्च कतारका महासचिव राम किरण तामाङ, संघीय लिम्बुवान सामाजिक मञ्च कतारका सल्लाहकार खड्क वनेम, राष्ट्रिय जनमुक्ति मञ्च कतारका सल्लाहकार महेन्द्र थापामगर हरुको आतिथ्यमा सम्पन्न गरिएको थियो, भने प्रशिक्षकहरु राष्ट्रिय जनमुक्ति मञ्च कतारका सहअध्यक्ष मन थापामगर र संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´ ले प्रशिक्षण गराएका थिए ।


देश परिवर्तनको क्रममा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरि ब्यानर अनावरण संगै सलिसाम कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङ , र राष्ट्रिय जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई को हातबाट दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो भने देशको सम्झानामा राष्ट्रिय गान गाएर देशलाई सम्मान गरिएको थियो ।
संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपाध्यक्ष रेखा राईको स्वागत मन्तव्य संगै उक्त कार्यक्रम औपचारिक रुपमा सन्चालन गरिएको थियो । शुभकामना मन्तव्य क्रमश:..जनमुक्ति मञ्च कतारका सल्लाहकार महेन्द्र थापामगर ,संघीय लिम्बुवान सामाजिक मञ्च कतारका केन्द्रिय सचिवालय सदस्य ग्यानेन्द्र लिङ्देन, राष्ट्रिय जनमुक्ति मञ्च कतारका महासचिव राम किरण तामाङ को शुभकामना मन्तव्य संगै पहिलोचरणको कार्यक्रम सम्पन्न गरिएको थियो ।
पहिचान र पहिचानको महत्त्व बारेमा राष्ट्रिय जनमुक्ति मञ्च कतारका सह-अध्यक्ष मन थापामगरले लगभग दुइघन्टा लामो समयसम्म प्रशिक्षण गराएका थिए भने संघीयता र सह-अस्तित्ववाद र नेपालको वर्तमान राजनीतिको बारेमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारका महासचिव डम्बर लिबाङ `मिसेक´ ले प्रशिक्षण गराएका थिए ।
संयुक्त प्रशिक्षण कार्यक्रममा उपस्थित भएका संघीय लिम्बुवान सामाजिक मञ्च कतार र राष्ट्रिय जनमुक्ति मञ्च कतारका सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु लगायत उपस्थित सबैलाई जनमुक्ति मञ्च कतारका अध्यक्ष राज खम्बु खालिङ राई ले सबैलाई धन्यवाद ज्ञापन गर्दै अबको दिनहरुमा राष्ट्रिय जनमुक्ति मञ्च र संघीय लिम्बुवान मञ्च एकभएर , कार्यगत सहकार्य गर्दै अगाडि बढ्नुपर्ने जोड दिएका थिए ।
संयुक्तरूपमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमको समापन संगै प्रशिक्षण कार्यक्रमका सभापतित्व संघीय लिम्बुवान सामाजिक मञ्च कतारका अध्यक्ष नरेन्द्र कुमार एभेङको समापन संगै प्रशिक्षण कार्यक्रम सफल भएको जानकारी गराउदै आउँदा दिनहरूमा पनि यसरी नै प्रशिक्षण कार्यक्रम जनमुक्ति मञ्च कतार संग कार्यगत, सहकार्य गर्दै अगाडि बढ्ने बिश्वास दिलाएका थिए भने उक्त प्रशिक्षण कार्यक्रम संघीय लिम्बुवान सामाजिक मञ्च कतारका उपमहासचिव सुमन सहयात्री योङहाङले संचालन गरेका थिए ।