जापानमा अध्ययनका लागि उपयुक्त–पोखेरल

Read Time:2 Minute, 32 Second

सागर राज तिमिल्सीना
Image may contain: 21 people, people smiling, people standing

पोखरा, भदौ २ – विदेश पढ्न चाहने विद्यर्थीका लागि जापान अध्ययन उपयुक्त भएको पोखरामा आयोजीत एक कार्यक्रमका बक्ताले बताएका छन् । भाषा संघ नेपाल (लान) पोखरा र हाम्रो नेपाल हामी नेपाली जापानले पोखरामा आयोजनामा गरेको जापान अध्ययन अवसर र चुनौती विषयक कार्यक्रमका बक्ताले जापान अध्ययनका बारेमा प्रस्ट पारे ।

नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. प्रमेश्वर पोखरेलले जापान अध्ययनका लागि उपयुक्त गन्तव्य भएको बताए । जापान मानै पिएचडि गरेका पोखरेलले जापानमा अध्ययनका क्रममा सिकेका सिपलाई नेपालमा आएर प्रयोगमा ल्याउनु पर्ने पर्ने बताए । उनले जापानमा धेरै कुरा सिक्न पाइने बताउदै सिकेका कुरा नेपालमा प्रयोगमा ल्याउन सकेमा देश विकास गर्न सहज हुने बताए ।

कार्यक्रममा हामी नेपाली हाम्रो नेपालका संयोजक धर्म अधिकारीले जापानमा अध्ययनका लागि जादा भाषा अनिवार्य पढेर जान सुझाब दिए । उनले धेरै विद्यार्थीहरु जापानी भाषा पढेर नजादा अप्ठेरोमा पर्ने गरेको बताए । कार्यक्रममा एनआरएन जापानका केन्द्रिय सदस्य हस्त लामाले जापान अध्ययनका लागि उपयुक्त भएको भन्दै विदेशमा पढ्न जाने अवसर समेत भएको बताए ।

अन्तरक्रिया कार्यक्रममा जापान जान इच्छुक विद्यार्थी तथा उनका अविभावकलाई जापानमा कसरी लिन सकिन्छ भन्ने बारेमा जानकारी दिएको थियो । इक्यान अध्यक्ष मिलन तिवारी, लानका सल्लाहाकार मिना गुरुङ, मोती श्रेष्ठ, जापानीज नागरिक इरि नाकाचुनो, लान पोखराका अध्यक्ष युवराज खनाल, उपाध्यक्ष युवराज पौडेल र सचिब पुर्ण न्यौपानेले जापानमा शिक्षाका बारेमा अनुभव र जानकारी दिएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %