कतारमा थारू कल्याणकारी सभा च्याप्टरले “जितिया पर्व” लाई भब्य मनाए

Read Time:4 Minute, 2 Second

कृष्ण सारू मगर
Image may contain: 9 people, people standing and indoor

दोहा-कतार, सेप्टेम्बर १८ – थारु समुदाय तथा मिथिलाबासीहरुको महत्वपूर्ण दोस्रो महान चार्ड “जितिया पर्व” लाई थारू कल्याणकारी सभा च्याप्टरले  “जातीय पहिचानको संरक्षण प्रवर्द्धन । शैक्षिक, आर्थिक, सामाजिक उत्थान, हाम्रो समर्पण !!” भन्ने मुल नाराका साथ दोहा-कतारको नज्मा स्थिन अल नख्यान रेष्टुरेन्टको सभाहलमा जितिया भगवानलाई पुजा आराधना गरी शुभकामना आदान-प्रदान गर्दै भब्य मनाए ।
 
साँस्कृतिक गीत बाट आगन्तुक पाहुनागणलाई नेपाली भुमिका भुमिपुत्र थारू तथा मिथिला समुदायको मौलिक पहिचानको गीतले स्वागत बाट आरम्भ भएको “जितिया पर्व”लाई बाल कलाकर सुमिता र आसनाले नेपालकी छोरी हुँ म गीतको बोलमा साङ्गितिक कोशेली संगै विभिन्न साँगितिक प्रस्तुतिले सबैलाई भरपुर मनोरञ्जन गराए ।

नेपाल प्रवासी आदिवासी-जनजाति महासंघका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यतामा थारू समुदायको दोस्रो महान चार्ड “जितिया पर्व” सम्पन्न कार्यक्रममा विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि बुद्धिजीवी तथा समाजसेवी, विभिन्न मिडियामा आवद्ध पत्रकारवन्धु एवं विशिष्ट ब्याक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Image may contain: 14 people, people smiling, crowd

शान्ति चौधरीको संचालनमा सम्पन्न कार्यक्रम था.क.स.च्याप्टर महिला विभागकी प्रमुख मञ्जु चौधरीले सभापतित्व गरेको कार्यक्रमलाई सम्बोधन गर्दै, विभिन्न वक्ताहरूले आ-आफ्नो भनाई राख्दै जितिया पर्वले सबैलाई शान्ति, समृद्धि, भातृत्व एकता, सामाजिक सद्भाव कायम गर्न थप मद्दत मिलोस् भन्ने कामना सहित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि-बहिनीहरुमा उत्तोरत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

उपस्थित पाहुनागणलाई श्यामलाल चौधरीको मन्तब्यले स्वागत गर्दै भनेका छन् । राज्यले गरेको हेपाहा प्रबृद्धी प्रति आक्रोशित मुद्रामा प्रस्तुत हुँदै भने, राज्यले हामी मातृभूमि नेपाल आमाका भुमीपुत्र थारू, आदिवासीजनजाति दलित, महिला, मुस्लिम, तथा उत्पिडित समुदायलाई दोस्रो दर्जाको नागरिकको तुलना गर्ने ? के यही हो त समानुपातिक र सर्वभौम अधिकार ? किन यस्तो विभेदपुर्ण ब्यावहार गरेको छ ? तसर्थ, हामी यस्तो ब्यावहार प्रति राज्यसत्ता संचालकलाई था.क.स च्याप्टर गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । उनले थप्दै भने किन राज्यले थारू समुदायको पर्व मनाउन विधार्थी, शिक्षक, तथा कर्मचारीले विरामी विदा लिएर बस्नु पर्ने विडम्बना सुनाउदै माईती र चेली बीचको संवन्ध र अस्तित्व साथै, थारू समुदायको “माघी पर्व” पछिको दोस्रो महान चार्ड “जितिया” पर्वको महत्त्वका बारेमा प्रष्टाएका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %