लाहुरे तालिम ब्यबसायी सँघको अध्यक्षमा पुनः मिनराज गुरुङ

Read Time:4 Minute, 6 Second

सुशान्त गाहा मगर
Image may contain: 12 people, people smiling, people standing

पोखरा, भदौ २८ – लाहुरे तालिम ब्यवसायी सँघ नेपालको चौथो महाधिवेशनबाट पुन: मिनराज गुरुङको अध्यक्षमा १३ सदस्सीय कार्यसमिति निर्बिरोध चयन भएको छ । पोखराको नौडाँडामा सम्पन्न महाधिबेशनबाट अधिबक्ता हरि प्रसाद पण्डितको संयोजकत्वमा रहेको निर्बाचन मण्डलले तिन बर्षे कार्यकालको लागी पुनः मिनराज गुरुङको अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध चयन गरेको हो ।

अध्यक्ष मिन राज गुरुङ सँगै बरिष्ठ उपाध्यक्षमा गोपाल राई (धरान), उपाध्यक्षमा मनिराम राई (काठमाण्डौ) र सुबेदार शेर बहादुर गुरुङ (पोखरा), महासचिबमा राजेश पाख्रिन (काठमाण्डौ), सचिबमा ईश्वर गुरुङ (पोखरा), कोषाध्यक्षमा सुबेदार केहर सिँह गुरुङ (पोखरा), त्यसैगरी सदस्यहरुमा टिका गुरुङ (काठमाण्डौ), हिमाल गुरुङ (धरान), अनिल राई (काठमाण्डौ), निल बहादुर गुरुङ (पोखरा), हरि थापा (पोखरा), र भिम मगर (धरान) रहेका छन ।

लाहुरे तालिम ब्यबसायी सँघको कार्यसमिति सँगै प्रमुख सँरक्षक क्याप्टेन राम प्रसाद गुरुङ, सँरक्षक सदस्य याम बहादुर गुरुङ र रेशम बुरालाई सँरक्षक पदाधिकारीको रुपमा चयन गरीएको छ ।
नबनिर्बाचित कार्यसमितिलाई तिन बर्षे कार्यकालको लागी निर्बाचन मण्डलका अध्यक्ष समेत रहेका अधिवक्ता हरि प्रसाद पण्डितले सपथ ग्रहण गराउदै बिगतमा पुरा हुन नसकेको कार्य तथा योजनाहरुलाई सम्पन्न पार्न आगामी दिनमा दरिलो रुपमा प्रस्तुत हुनेमा आफु ढुक्क रहेको बताए ।

साथै नबनिर्बाचित कार्यसमितिले पुनः अध्यक्षमा मिनराज गुरुङ जस्तो बहुआयामिक तथा बिशिष्ट ब्यक्ति नेतृत्व तहमा पाएको हुदा लाहुरे सम्बन्धि रहेका समस्याको आवाजलाई बुलन्द गदै आवाज स्थापित गर्न सक्ने बताए ।

सँघका प्रमुख संरक्षक रामप्रसाद गुरुङले नबनिर्बाचित पदाधिकारीलाई शुभकामना दिदै युवाहरुलाई फिजिकल्ली बलियो बनाउने, अनुशासन सिकाउने तथा परिश्रम गर्न सिकाउने मात्र नभई सामाजिकमैत्री पनि बनाएको भन्दै सँघको खुलेरै प्रशंसा गरे ।

साथै बेरोजगार युवाहरुलाई तालिम दिएर लाहुरे बनाउने तथा भर्ती हुन नसक्नेलाई पनि स्वदेशमै केहि गर्नसक्ने बनाएको भन्दै यसले सामाजिक उत्तरदायित्व बहन गरिरहेको समेत गुरुले बताए ।
बन्दसत्रमा साँगठनिक प्रतिबेदन महासचिब राजेश पाख्रिनले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन सुबेदार केहर सिँह गुरुङले प्रस्तुत गरेका थिएभने अधिवेशनको अवसरमा संघको विद्यान समेत शंसोधन गरिएको थियो । पोखराको नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा सम्पन्न चौथो महाधिवेशनको उद्घाटन पोखरा स्थित भारतीय पेन्सन क्याम्पका प्रमुख कार्यकारी अधिकृत लेफ्टिनेनेन्ट कर्णेल प्रतिक शर्माले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %