कतारमा बिचल्लित नेपालीलाई उद्धार

Read Time:1 Minute, 46 Second

कृष्ण सारुमगर
Image may contain: 8 people, people standing
दोहा-कतार, सेप्टेम्बर १० –  कतारमा विचल्लित ती ७ जना नेपालीको उद्धार कार्यमा गैर आवासीय नेपाली संघका निवर्तमान युवा संयोजक लिला जिसीको समन्वयमा अलपत्र परेका आफ्ना गृह जिल्ला गुल्मी मदानेका राजेश घर्तीलाई गुल्मी सेवा समाजले उनलाई टिकट सह्योग प्रदान गर्दै स्वदेश फिर्ता गरेको समाजका सल्लाहकार सदस्य भिम तरामु मगरले गुम्बेली खबरलाई बताए ।

हामीलाई प्राप्त जानकारी अनुसार प्युठान जन्म भै हाल बुटवल उपमहानगरपालिका बेलबास घरभई कतारमा बस्दै आएका जिसीले उद्धार कार्यमा पहल थालेका थिए ।

उद्धार हुनेहरूमा क्रमशः गुल्मी मदानेका राजेश घर्ती, खोटाङ्गका जिसीको दिनेश कटुवाल, गंगा ब. कटुवाल, वीर ब. खड्का, सुर्खेतका जीत ब. बिक, भोजपुरका ईरज राई र संखुवासभाका पुष्प भारतीलाई सनिबार एयरलाइन्सको उडान बाट उद्धार गरि नेपाल फर्काएको छ । यसभन्दा पहिले २० जना नेपालीको उद्धार गरि पठाई सकेको छ ।

उनिहरूले विगत ५ महिना सम्मको तलब सेवा-सुविधा नपाएर अलपत्र परेका राप्ती प्लेसमेन्ट सर्भिस बाट विभिन्न प्रलोभनमा परेर रोजगारीका शिलशिलामा कतार आएका हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %