कतारमा “नेपाल आईडल” (रियालिटी-सो )गायन प्रतिभाको फाईनल नतिजालाई सार्वजनिक गर्ने

Read Time:5 Minute, 26 Second

कृष्ण सारू मगर
Image may contain: 21 people, people smiling, text

दोहा-कतार, अगष्ट १३ – अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजन AP-1 TVद्वारा प्रसारित लुकेर रहेका गायन प्रतिभालाई चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करणको “नेपाल आईडल” (रियालिटी-सो) गायन प्रतिभा छनौट प्रतियोगिताको अन्तिम फाइनल यही आउँदो २२ सेप्टेम्बरका दिन दोहा-कतारको सनैया स्थित एसियन टाउनको अम्फिथेटरको प्राङ्गणमा तैयारी भब्य कार्यक्रमको सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका एसोसिएसनका महासचिव बि.एच राना मगरले राज्यसत्ता डटकमका कृष्ण सारू मगरलाई जानकारी दिए ।

नेपाल आईडलको फाईनल नतिजाको सार्वजनिक गर्नुका साथै, उत्कृष्ट बाह्रौं स्थानमा पर्न सफल प्रतिशप्रधि कलाकार, विभिन्न विधाका कलाकारहरू, निर्णायक मण्डल, संचारकर्मी, प्राविधिक सह्योगी सहित ७ दर्जन भन्दा अधिक टोलिलाई कतारमा ल्याउने भएका छन् ।

यसै गरि विशेष आकर्षणका रूपमा अतिथि कलाकारहरू चर्चित नेपाल र नेपालीलाई विश्वमा चिनाउन सफल भारतीय चर्चित टेलिभिजन Zee TV DID little Master Seson- ३ तथा झलक दिख्लाजाकी उपाधी विजेता तेरिया फौजा मगर, सुन साहिली ४० कटेसी रमाउँला गीतका गायक हेमन्त राना मगर, हाँस्य कलाकार नारद खतिवडा, नलिना चित्रकार उद्घोषक तथा कुशल प्रस्तोता सुशील नेपाल र उद्घोषिका रिमा विस्वकर्मालाई वन ईन्टरनेश्नल तथा एभरेष्ट युथ एसोसिएसनको निमन्त्रणामा कतार आउने भएकी हुन् ।
Image may contain: 23 people, people smiling

स्रोतका अनुसार मध्येपुर्वीय राष्ट्र दोहा-कतारमा समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, सस्था, संगठन तथा आवद्ध समस्त गीत संगीत पारखी श्रोता, दर्शक तथा शुभेच्छुक एवं कतारका उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, विशिष्ट ब्याक्तित्व, नेपाली कला, संस्कृतिलाई मायाँ गर्ने आदरणीय नेपाली दाजु-भाई तथा दिदी-बहिनी साथै सम्पुर्ण महानुभावहरूमा उक्त कार्यक्रमलाई भब्य , सभ्य एवं सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैमा सह्योगका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।

नेपाल आईडल गायन छनौट प्रतियोगिताको प्रतक्ष प्रशारण सहित फाईनल कार्यक्रमलाई औपचारिक घोषणा अनुसार अन्तिम तैयारीमा रहेको एसोसिएसनका अध्यक्ष समेत रहेका नेपाल आईडल ईभेन्ट ब्यावस्थापन मुल समितिका संयोजक समेत रहेका उत्तम गुरूङ्गले बताए ।

गुरूङ्गले भने, उक्त कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन विभिन्न समिति गठन गरेको छ । यसैगरी उप-समितिमा सह-संयोजक प्रविन गुरूङ्ग, र प्रदिप शर्मा पौडेल रहेका छन् । प्रमुख सल्लाहकारमा सागर नेपाल, र प्रकाश गुरूङ्गलाई नेपाल-कतार सेन्सर विभागको जिम्मेवारी दिईएको छ ।
Image may contain: 6 people

हामीलाई प्राप्त जानकारी अनुसार अनलाइनको माध्यम द्वारा समेत रहेकोले टिकट ब्यावस्थापनको जिम्मेवारी नवराज श्रेष्ठलाई दिईएको छ । यसै गरि एसोसिएसनका महासचिव बि.एच राना मगरले ब्यापक सुचना तथा प्रचार-प्रसारको जिम्मेवारी पाएका छन् ।

नेपाल र नेपालीहरूको शान, मान, प्रतिष्ठा संग जोडिएको नेपाली समुदायले कतारमा हाल सम्मकै सबैभन्दा विशाल कार्यक्रम आयोजना रहेकोले उक्त कार्यक्रमलाई भब्य र सभ्य रूपमा सफल बनाउन समाजिक अवधारणा बोकी मध्ये पूर्विय राष्ट्र दोहा-कतारमा स्थापित विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिलाई ओनेक्स वन ईन्टरनेश्नल र एभरेस्ट युथले संयुक्तरूपमा आयोजना गरीएको २६ अगष्टका दिन नेपाल पत्रकार महासंघ संग आवद्ध विभिन्न मिडियामा कार्यरत एक दर्जन पत्रकारको उपस्थितिमा कार्यक्रम बारे औपचारिक घोषणा गर्दै सार्वजनिक गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %