मेनोको फिल्मस्ले ‘रैंयाँ’ चलचित्रका कलाकार र प्राविधिकलाई सम्मान गर्ने

Read Time:1 Minute, 32 Second

रूद्र श्रीसमगर

Image may contain: 5 people, people smiling, textपोखरा, भदौ २१ – मेनोको फिल्मस् एण्ड मिडिया हाउसले मगर कथानक चलचित्र ‘रैंयाँ’का कलाकार एवं प्राविधिकहरूलाई सम्मान गर्ने भएको छ ।

आगामी असोज ७ गते आयोजना गरिने एक कार्यक्रमकाबीच सो चलचित्रका कलाकार एवं प्राविधिकहरू सम्मान गर्न लागिएको चलचित्रका निर्माता हर्क आलेमगरले जानकारी दिनुभयो । निर्माता आलेमगरका अनुसार सो अवसरमा नायक अशोक आलेमगर, नायिका प्रिया थापामगर, अन्य कलाकारहरू मीन पुर्जा, सुमन थापामगरसहितका कलाकार एवं प्राविधिकहरू सम्मानित हुनेछन् ।
 
साथै, सो कार्यक्रमका लागि घनबहादुर थापामगर (बेलायत) ५ हजार, पुष्पा पुन (बेलायत) ६ हजार ५ सय, दीपक मगर (बेलायत) ५ हजार, योगकुमार फगामी (बेलायत) १० हजार, रुपबहादुर खोर्जा (नेपाल) ५ हजार, प्रभानन्द चौधरी (नेपाल) ५ हजार, संयुक्त मिट सप एण्ड फ्रेस हाउस ५ हजार, भवि पुन ५ हजार र कल्पना पुन (हङकङ)बाट ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको सो चलचित्रका निर्देेशक मेजन पुनले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %