गोविन्द घर्ती
भाद्र २० । रुपन्देहीको देवदहमा स्थानीय तहको प्रतिवद्धता, मानव बेचविखन विरुद्ध गरौ ऐक्वद्धता विषयक अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
केआई नेपाल र चेली कृषि सहकारी संस्थाको आयोजनामा मानव बेचविखन तथा ओसार प्रसार विरुद्धको ११ औं राष्ट्रिय दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बोल्ने वक्ताहरुले मानव बेचविखन रोक्न सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । मानव तस्करी रोक्न ग्रामिण तह सम्म सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले मानव बेचविखनको प्रमुख कारण भनेको गरिवी, बेरोजगार र अशिक्षा रहेको बताउदै मानव बेचविखन तथा लैगिक हिंसा विरुद्धको कार्यक्रम ल्याउन आवश्यक रहेको बताएका थिए ।
केआई नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–७, का वडा अध्यक्ष पदम थापा, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक सुरज कार्की, वडा सदस्य देवु भट्टराई, सेलर्डका हेमा न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा देवदह नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुलाई सम्मान गरिएको थियो । चेली कृषि सहकारीका व्यवस्थाक फुलमाया श्रीषको स्वागत र उषा गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
