बुद्धनगर सामुदायिक वन नमुना बन्न सफल

Read Time:2 Minute, 31 Second

गोविन्द घर्ती
Image may contain: 12 people, people smiling, people sitting

भाद्र १९ । बुद्धनगर सामुदायिक वन रुपन्देही जिल्लामै नमुना वनको रुपमा स्थापित भएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले उपभोक्ताहरु सचेत र सजग भएका कारण बुद्धनगर सामुदायिक वन नमुना बन्न सफल भएको बताएका थिए । कार्यक्रमका वक्ताहरुले दीगो वन व्यवस्थापनले मात्र बनको संरक्षण र सम्वद्र्धन गर्न सकिने भएकोले सम्पूर्ण सामुदायिक वनहरु योजना अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । बुद्धनगर सामुदायिक वन उपभोक्ता समुहको १५ औं बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।

सो अवसरमा बोल्दै ईलाका वन भलुहीका सहयाक वन अधिकृत राजन खड्काले सामुदायिक वनहरुले गरिवी निवारणको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाले सामुदायिक वनहरुले वनको संरक्षण संगै स्थानीय विकास निर्माणमा समेत जोड दिनु पर्ने बताउनु भयो ।

 बुद्धनगर सामुदायिक वनका अध्यक्ष जीवलाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउ वन समन्वय समिति रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह–९, का वडा अध्यक्ष केशव भट्टराई, समुहका सल्लाहकार केशवराज रेग्मी, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष रेग्मीले प्रगति प्रतिवेदन र आगामी बर्षको योजना एवं कोषाध्यक्ष पूर्णिमा गुरुङ्गले ४२ लाख ५९ हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष लक्ष्मी विकको स्वागत र सचिव रुक्मागत काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %