अनुगमनको क्रममा कुहेको २१ किलो मासु बरामद

Read Time:2 Minute, 56 Second

गोविन्द घर्ती
Image may contain: shoes and food

भाद्र २१ । वाणिज्य कार्यालय रुपन्देहीले देवदह नगरपालिकाका विभिन्न पसलहरुमा अनुगमन गरेको छ ।

उपभोक्ताहरुको अधिकारलाई सुनिश्चित गर्नको लागि अनुगमन गरिएको वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख वेदप्रसाद उपाध्यायले बताउनु भयो । अनुगमनको क्रममा अधिकाश पसलहरुमा मूल्यसूचि नराखिएको, सरसफाई नभएको, सुरक्षा कवज नलगाएको, सामान मिलाएर नराखेको, कपिय पसलहरुले विना दर्ता संचालन गरेको पाईएको कार्यालय प्रमुख उपाध्यायले बताउनु भयो । अनुगमनको क्रममा देवदहको खैरेनीमा रहेको सुपर समिर मासु पसलले कुहेको तथा खानलायक नभएको मासु विक्रि वितरण गरिरहेको अवस्थामा फेला परेको अनुगमनको क्रममा भेटिएको थियो । मासु पसलमा भेटिएको कुहेको २१ किलो मासु अनुगमन टोलीले नियन्त्रणमा लिई नष्ट गरेको छ । राज्यको कुनै पनि निकायमा दर्ता समेत नगरी संचालन गरेको मासुपसललाई दर्ता गर्न र वधशाला ऐनअनुसार पसल संचालन गर्न निर्देशन समेत दिएको छ ।
Image may contain: one or more people, tree, sky, plant and outdoor

वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले उपभोक्ताहरु सचेत र सजग हुनु पर्ने बताउदै नगरपालिकाले बजार अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो । देवदह क्षेत्रमा पहिलो पटक वाणिज्य कार्यालय रुपन्देहीले अनुगमन गरेको हो । अनुगमनको क्रममा देवदह क्षेत्रमा रहेका पसलहरुमा मूल्य एकरुपता नभएकोले मूल्य सूचि टास गर्न समेत अनुगमन टोलीले निर्देशन दिएको छ । टोलीले मिठाई पसल, मासुपसल, किराना पसल, पाउरोटी उद्योग, सुनचादी पसल लगातयमा अनुगमन गरेको थियो ।

अनुगमन कार्यक्रममा वाणिज्य कार्यालय रुपन्देहीका कर्मचारी, देवदह उद्योग वाणिज्य संघ, देवदह व्यापार संघ, सञ्चारकर्मी, नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । देवदह क्षेत्रको बजार अनुगमन गर्न देवदह नगरपालिकालाई पटक/पटक सचेत गराएपनि वेवास्ता गर्दै आईरहेको उपभोक्ताहरुको गुनासो रहेको छ । बजारको नियमित रुपमा अनुगमन गरिने वाणिज्य कार्यालय रुपन्देहीका प्रमुख उपाध्यायले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %