सँजय सिँजाली मगर
काठमाण्डौं, भदौं २० । पाटन मा.बिका कक्षा १२ का बिधार्थीहरु ले एक कार्यक्रम आयोजना गरि कक्षा एघारलाई स्वागत गरेको छ । पाटन मा बिको आयोजन भएको यस कार्यक्रम पाटन मा बिकै प्राङ्गणमा सम्पन्न भएको थियो ।
कार्यक्रम पाटन मा.बिका प्रिन्सिपल ईश्वर बज्राचार्यको सभापतित्वमा प्रमुख अतिथि व्यवस्थापक समितिका अध्यक्ष किरण महर्जन र बिशेष अतिथिमा सत्य महर्जन रहेका थिए ।
सो कार्यक्रममा आ-आफ्नो मन्त्तव्य दिने क्रममा पाटन मा.बिका अध्यक्षले यस संस्था सरकारी स्कूल मध्ये उत्कृष्ट पार्न सफल रहेको बताउनु भयो । उहाले भन्नु भयो यस स्कूललाई धेरै उच्च स्थानमा पुर्याउनमा हाम्रो शिक्षक साथीहरुको ठुलो भूमिका रहेको छ । अब आउने दिनहरुमा पनि हाम्रो सँस्थालाई उच्च राख्न लागि पर्ने छौ अध्यक्ष महर्जनले भन्नु भयो । यस संस्था बाट बिपन्न परिवारहरु लाई निशूल्क शिक्षा प्रदान लगायत अन्य कुराहरुमा पनि बिशेष सुबिधा दिदैँ आई रहेको महर्जनले बताउनु भयो ।
कार्यक्रमलाई भव्य र सव्य बनाउन कक्षा १२ का बिधार्थीहरुले आ-आफ्नो कला र गलाको साथै निृत्य प्रतिभा देखाई भरपूर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा उपस्थित रहेका दर्शक तथा बिधार्थीहरु एकदम उत्सहाका साथ कार्यक्रम अवधि भरि रमाई रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य प्रमिला तामाङले गर्नु भएको थियो भने सञ्चालन द्धय शोभा आले मगर र सिङ्साङ राईले गरेका थिए ।
{facebook}1374235882625936{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
पाटन मा.बिको स्वागत कार्यक्रमको फोटो झलक:.
