देव पचभैया
पाल्पा, भदौ १९ – नेपाल मगरसंघ पाल्पाको अधिबेशन असोज २७ मा हुने भएको छ । केन्द्रिय सदस्य बल वहादुर रानाको उपस्थितिमा तानसेनमा बसेको बैठकले
मगर संघ पाल्पाको १३ औ अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्ने निर्णय भएको जिल्ला अध्यक्ष बल बहादुर गाहाले जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्नको विभिन्न समिति तथा उपसमितिको गठन गरेको जनाइएको छ । अधिवेशन मूल आयोजक समितिमा जिल्ला अध्यक्ष बल वहादुर गाहा मगरको संयोजकत्वमा नेपाल मगर महिला संघ, नेपाल मगर बिद्यार्थि संघ, नेपाल मगर युवा संघ, नेपाल मगर भू.पु. सैनिक तथा प्रहरी संघ र नेपाल मगर तानसेन नगर समिति रहने छन् । बैठकले राम वहादुर गरंजा (एसकुमार) को संयोजकत्वमा ५ सदस्यीय सांगठनिक प्रतिबेदन उपसमिति, ठानिमाया सोमै मगरको संयोजकत्वमा ५ सदस्यीय आर्थिक प्रतिबेदन उपसमिति, बल वहादुर गाहा मगरको संयोजकत्वमा ५ सदस्यीय आर्थिक परिचालन उपसमिति, जहर सिंह सारु मगरको संयोजकत्वमा ५ सदस्यीय मास व्यबस्थापन तथा यातायात उपसमिति, नरेन्द्र सिञ्जालीको संयोजकत्वमा ५ सदस्यीय हल तथा प्रतिनिधि/पर्यवेक्षक उपसमिति, तेज घर्ति मगरको संयोजकत्वमा ५ सदस्यीय सांस्कृतिक तथा झांकी उपसमिति, प्रतिक्षा सिञ्जालीको संयोजकत्वमा ५ सदस्यीय अतिथि सत्कार उपसमिति र टोप जर्घा मगरको संयोजकत्वमा ५ सदस्यीय युवा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको जिल्ला सचिब यस कुमार गरम्जाले जानकारी दिनुभयो ।
