सँजय सिँजाली मगर
काठमाण्डौं, भदौं १६ । सरकारले आउँदो आईतबार (भदौं १८ गते) सार्वजनिक बिदा दिने भएको छ । ईस्लाम धर्मावलम्बीको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । आईतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।
