कमल चौधरी
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ४ को १६ औं बार्षिक साधाण सभा तथा ९ औं अधिवेशन कार्यक्रम सोमबार अमर भवन बुटवलमा सम्पन्न भएको छ ।अध्यक्ष नरसिंह काउचा मगरको अध्यक्षता तथा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव शूर्यवंशीको प्रमुख अतिथ्यतामा उक्ता अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अधिकार र पहिचानको लागि सम्पूर्ण उत्पीडित जातजाति समुदायहरु एक जुट भएर लाग्नुपर्नेमा बक्ताहरुले जोड दिए । उनीहरुले अब राष्ट्रिय जनमुक्ति पार्टी चुप लागेर नबस्ने भन्दै पहिचान र अधिकारको लागि शसाक्त आन्दोलन गर्ने चेतवनी समेत दिए । उनीहरुले भने– “प्रदेश र केन्द्रको चुनवमा राष्ट्रिय जनमुक्ति पार्टी नयाँ शक्तिको रुपमा उदउँछ ।” कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष होम माया गुरुङ्ग, केन्द्रीय उपाध्यक्ष कमला थापा, भूत पूर्व सैनिक संगठनका अध्यक्ष भिम बहादुर राना, जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्ग, जिल्लाका वरिष्ठ उपाध्यक्ष मधुराना, महिला मोर्चाका जिल्ला अध्यक्ष विमला गुरुङ्ग, राष्ट्रिय महिला मोर्चा बुटवलका अध्यक्ष बसन्ती साठीघरे लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
त्यस्तै कार्यक्रममा केन्द्रिय संगठन सचिव के.वी पुन, संघीय परिषद सदस्य ज्ञान बहादुर थापा, संघीय महासभा सदस्य क्या. मन बहादुर थापा, मन बहादुर राना, देव राम गाहा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम उपाध्यक्ष भिम माया रानाको स्वागत तथा सचिव थर्क बहादुर बाह्रघरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नव निर्वाचित अध्यक्षमा गुरुङ्ग
त्यस्तै १६ औ बार्षिक साधरण सभा तथा ९ औं अधिवेशनबाट दुध बहादुर गुरुङ्गको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा लुम बहादुर सारु, महिला उपाध्यक्षमा सरिता श्रीस, सचिवमा लिल कुमार राना, सह–सचिवमा अनिता छन्टेल, कोषाध्यक्षमा धन बहादुर छन्टेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मिन बहादुर थापा, श्याम विश्वकर्मा, यम कुमारी सिंजाली, गोरख बहादुर काउचा, कुश्मा श्रीस, दिल बहादुर थापा, मन बहादु पुन, टोपली सारु, भविसरा राना, धर्म बहादुर राना, भेक बहादुर सारु, अन्तु गुरुङ्ग श्रीस, टेक विर थापा चयन भएका छन् ।
