देवदहका बाढीपिडितलाई राहत

Read Time:3 Minute, 6 Second

गोविन्द घर्ती
Image may contain: 9 people, people smiling, people standing

भाद्र १५ । सरकारले विकास निर्माणमा ध्यान पुर्याउन नसक्दा तराई क्षेत्रमा डुवान बढेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताउनु भएको छ ।

विश्वकर्माले राज्यको अदुदर्शिताका कारण तराई क्षेत्रमा बाढीका ठूलो क्षति वेर्होनु परेको बताउनु भयो । ओमसतिया गाउपालिकाका वाढी प्रभावितहरुलाई राहत सामाग्री प्रदान गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग, नेपाल अविनास सामाजिक सेवा संस्था र ओम सतिया गाउपालिकाको समन्वयमा बाढी प्रभावितहरुलाई राहत प्रदान गरिएको हो । जिल्ला प्रमुख विश्वकर्माले उद्योग, वस्ती, व्यापार, खेती योग्य जमिन छुट्याउनु पर्नेमा जोड दिनु भयो । उहाले तिनै तहको निर्वाचन पछि मात्र नेपालमा दीगो रुपमा समस्या समाधान हुनेमा जोड दिनु भयो । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका जिल्ला प्रमुख विश्वकर्माले राजनैतिक क्रान्तिले मात्र देशमा दीगो शान्ति कायम गर्ने बताउदै निर्वाचन पछि आर्थिक क्रान्तिलाई जोड दिनु पर्ने बताउनु भयो ।

ओमसतिया गाउपालिका वडा नं ३ का वडा अध्यक्ष चन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालिकाका उपप्रमुख सुन्दरमति हरिजन, युनाईटेड मिसन टु नेपालका विशालवावु श्रेष्ठ, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक लगायतले आफना भनाई राख्नु भएको थियो ।

ओमसतिया गाउपालिका वडा नं १, २ र ३ का ४६ घरपरिवार बाढी प्रभावितलाई राहत प्रदान गरिएको थियो । बाढी प्रभावितहरुलाई चामल, दाल, चिनी, तेल, त्रिपाल, नुन, चना, सावुन लगायतका ४ हजार ६ सय ३५ बरावरको खाद्यान्न सामाग्री प्रदान गरिएको हो । त्यसैगरी ओमसतिया गाउपालिका ५ र ६ का वाढी प्रभावितहरुलाई समेत राहत प्रदान गरिएको छ । २ वडाका करिव ७५ घरपरिवारलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको हो । नेपाल अविनास सामाजिक सेवा संस्थाका कार्यक्रम अधिकृत विनोद खातीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %