जनमुक्ति पार्टीद्वारा पीडित परिवारलाई आर्थिक सहयोग

Read Time:1 Minute, 32 Second

कमल चौधरी

Image may contain: 4 people, people standing and outdoorबुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले तिनपा–१४ देविनगर स्थित बसोबास गर्ने यम बहादुर वि.क परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । ज्याला मजदुरी गर्दै आफ्नो ६ जना परिवारको  दैनिक गुजार गर्दै आएका वि.क परिवारको साउन २० गते आएको अविरल बर्षको कारण घर भत्कीएको हुँदा उनलाई रहत स्वरुप राष्ट्रिय जनमुक्ति पार्टीले सहयोग गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले पीडित परिवालाई केही हदसम्म रहन हुने भएकोले गाउँ, क्षेत्र र जिल्लाबाट आफूहरुले रकम संगलन गरी भद्र ९ गते वि.क परिवारलाई आर्थिक सहयोग गरेको बताउँनुभयो । आर्थिक सहयोग गर्ने क्रममा राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, क्षेत्र नं ३ का अध्यक्ष लिला राना,  गाउँ अध्यक्ष डम्मर राना, जिल्ला सचिव चित्र बहादुर गुरुङ, क्षेत्र नं. ३ का सचिव हरि दर्लामी, समाजसेवी ज्ञान बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %