कौराको वृत्तचित्र निर्माणका लागि भिमादमा सुझाव संकलन

Read Time:4 Minute, 10 Second

रूद्र श्रीसमगर
Image may contain: 5 people, people standing

भिमाद, भदौ १४ – मगर जातिमा प्रचलित कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि सुझाव संकलन जारी राखिएको छ । मौलिक कौरा नृत्यको वृत्तचित्र निर्माणका लागि बुधबार तनहुँको भिमादमा सुझाव संकलन गरियो । यसअघि, तनहुँकै बन्दीपुरमा सुझाव संकलन गरिएको थियो ।

कौरा नृत्यको वृत्तचित्र निर्माणसम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्दै भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापामगरले कौरा नृत्यको संरक्षण र प्रचारप्रसारका लागि ठोस कार्ययोजना बनाउन सुझाव दिनुभयो । ‘तपाईहरू ठोस कार्ययोजना लिएर आउनुस्’, नगर प्रमुख थापामगरले भन्नुभयो, ‘मैले मेरो ठाउँबाट के सहयोग गर्नुपर्छ, म त्यसका निम्ति प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’ संस्कृतिलाई पर्यटनका माध्यमबाट जीविकोपार्जन गर्ने अवसरका रुपमा लिनुपर्ने उहाँको भनाइ थियो ।

मगर संघ बेलायतकी उपाध्यक्ष अनिता रानामगरले विदेशमा बसेपनि आफूहरूले नेपाली संस्कृति नभुलेको प्रतिक्रिया दिनुभयो । ‘हामी विदेशमा भएपनि नेपाली संस्कृतिको प्रचारप्रसार गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘विदेशी भूमिमा हामी सांस्कृतिक क्षेत्रमै क्रियाशील रहिरहेका छौं ।’

Image may contain: 7 people, people standing

नेपाल मगर पत्रकार संघका कार्यवाहक अध्यक्ष एमबी आस्था मगरले वृत्तचित्र निर्माणका लागि आर्थिक पक्षसँगै प्राविधिक पक्षलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘वृत्तचित्र निर्माण चुनौतीपूर्ण कार्य हो’, पत्रकार मगरले भन्नुभयो, ‘आर्थिक पाटोसँगै प्राविधिक पक्षलाई पनि उत्तिकै ख्याल गर्नुपर्दछ ।’ संघका उपमहासचिव रूद्रबहादुर श्रीसमगरले कौरालगायतका लोपोन्मुख मगर संस्कृतिहरूको प्रचारप्रसारका निम्ति सञ्चारजगत्ले सदैव साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल मगर संघ भिमाद नगर समितिको व्यवस्थापनमा भएको कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानामगर, मगर संघ बेलायतका सल्लाहकार कुमार रानामगर, नेपाल मगर संघ तनहुँका उपाध्यक्ष मनिराज थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपाल, तनहुँका अध्यक्ष सिजन थापामगर, म्याग्दे गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष श्रीबहादुर थापामगर, नेपाल मगर संघ भिमाद नगर समितिका अध्यक्ष रिबहादुर रानामगरलगायतले कौराको वृत्तचित्रलाई गहन अध्ययनका साथ निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।

Image may contain: 14 people, people sittingराष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नन्दु थापामगर र उपाध्यक्ष एवं वृत्तचित्र निर्माण संयोजक तारामाया थापामगरले स्वागत गर्नुभएको थियो । निकट भविष्यमा घिरिङमा कौराको वृत्तचित्र निर्माणसम्बन्धी सुझाव संकलन गरिने वृत्तचित्र निर्माण संयोजक तारामाया थापामगरले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %