पत्रकार महासंघलाई विभिन्न वैदेशिक शाखाले बुझाए ज्ञापनपत्र

Read Time:3 Minute, 51 Second

कृष्ण सारू मगर
Image may contain: 6 people, people smiling, people standing

काठमाण्डौ, भदौ ७ – नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित अध्यक्ष गोविन्द आचार्य लगायत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई महासंघको वैदेशिक शाखाका रूपमा स्थापित युके, युरोप र कतार शाखाले संयुक्त आयोजना गरी सफल कार्यकालको शुभकामना तथा बधाई दिए ।

नेपाल पत्रकार महासंघको मातहतमा रहेका विभिन्न ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता पाउनु पर्ने, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनु पर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनु पर्ने लगायतको मागलाई नेपाल मगर पत्रकार संघका संस्थापक अध्यक्ष समेत रहेका वैदेशिक शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको बैठकले पारित गरेको हो ।

उक्त बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिले सहभागीता जनाएको शाखाहरुले संयुक्त रुपमा ज्ञापनपत्र महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई बुझाएको वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडेले बताए ।

सो कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापा मगर, महासचिव रमेश विष्ट, सचिवहरु रेम विक, लक्ष्मी पुन मगर, प्रकाश थापा, राम प्रसाद दाहाल, लेखा समितिका संयोजक रोशन पुरी लगायतका केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो ।
Image may contain: 11 people, people smiling, indoor

कार्यक्रमलाई नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघको वैदेशिक शाखाहरुलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने सुझावलाई सम्बोधन गर्दै उनले भने महासंघलाई सबै पत्रकारहरुको साझा मन्च बनाउनका लागि छिट्टै नै अल्पकालिन र दीर्घकालिन योजना ल्याउने बताएका छन् । निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले शुरुवातमा महासंघको विदेश शाखालाई सम्पर्क केन्द्रका रुपमा मात्र लिएकोमा अहिले उनीहरुको क्रियाशिलता र सक्रियताका आधारमा महासंघको सांगठानिक संरचनामा राख्नुपर्ने अवस्था आइसकेको बताए । नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा नयाँ नेतृत्व लागि पर्ने बताए ।

वैदेशिक शाखा युरोपका अध्यक्ष केजिन राईको स्वागत तथा कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको संचालनमा सम्पन्न भएको कार्यक्रमलाई शाखा युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सभापतित्व गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %