सोनु थापामगर
बुटवल, भदौं ६ । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले लगातार वर्षाका कारणले घर भत्किएर छोरा गुमाएका पीडित हरिजन परिवारलाई सहयोग गरेको छ ।
पार्टीले चामल, तेल, दाल लगायत खाद्यान्न सामग्री र नगद सहयोग गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सदस्य सुर्यकुमार सारु,जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, नेताहरु महेश्वर मुराउ, राम अस्लामी लगायतले आज मंगलबार घरमै पुगेर फागु हरिजनको परिवारलाइ सहयोग उपलब्ध गराएको हो ।
कोटहिमाइ गाउँपालिका वडा नं. १ सिपुवा गाउँका फागु हरिजनको वर्षाका कारण सुतिरहेका बेला माटाको घर भत्किएर उनी सहित श्रीमती र छोरालाई घरले पुरेको थियो । आफु र श्रीमती बाँचेपनि छोरालाइ भने बचाउन पाएनन् । छोरा रोशनलाल हरिजनको आफ्नै घर भत्केर मृत्यु भएपछि यो परिवारमा शोक र भोकले पीडा थपेको छ । पार्टीले उपलब्ध गराएको राहत लिदैं हरिजन परिवारले पार्टीको सहयोग कहिल्यै नभुल्ने बताए ।
