मगर सांस्कृतिक संघलाई संघीय संरचनामा लैजाने तयारी गर्दैछौं: कविराज मगर

Read Time:3 Minute, 15 Second

रूद्र श्रीसमगर
Image may contain: 3 people, people sitting

पोखरा, भदौ ६ – नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज मगरले संघको सांगठनिक स्वरुप संघीय संरचना अनुरुप बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति, कास्कीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष मगरले देश संघीयतामा गएको अवस्थामा संघको पूरानो संरचना बदलेर संघीय ढाँचा लैजाने बताउनुभयो । ‘अब हामी संगठन विस्तार गर्दै जाने योजनामा छौं’, उहाँले भन्नुभयो, ‘संघीय संरचनामा लैजानेबारे हामी छलफल गरिरहेका छौं, यसबारेमा टुंगिएपछि हामी तत्कालै संगठन विस्तारमा लाग्छौं ।’

एक अर्को प्रसड्डमा मगरले मगर जाति कला, संस्कृतिको धनी रहेको भन्दै मगर जातिकेन्द्रित कला, संस्कृतिलाई राज्यले पहिचान दिनुपर्ने उल्लेख गर्नुभयो । ‘मगर जातिमा प्रचलित कतिपय कला, संस्कृतिलाई अन्य जातिको भनेर प्रचार गरिएको छ’, मगरले भन्नुभयो, ‘समय अन्तरालमा अन्य जातिमा पनि चलनचल्तीमा आउनु एउटा कुरा होला, तर, सामान्य ज्ञान र लोकसेवामै मगर जातिको संस्कृतिलाई अन्य जातिको पहिचान दिनु अन्यायपूर्ण छ ।’

Image may contain: 10 people, people smiling, people standing

नेपालमा बसोबास गर्ने सबै जातिको संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति भएको बताउँदै मगरले समुदायगत पहिचानसहित लोपोन्मुख संस्कृतिको संरक्षण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । संघका केन्द्रीय संगठन सचिव निर आलेमगरले संघको सात वटा प्रदेश, ७५ जिल्ला र ७४४ वटै स्थानीय तहमा संगठन विस्तारका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । संगठन विस्तार नगरे सम्म अभियानले तीव्रता नपाउने भन्दै आलेमगरले मगर संस्कृतिको राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा संघका केन्द्रीय सदस्य पदम थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगर र संघका कास्की जिल्ला सल्लाहकार गोविन्द पुनमगरले मगर सांस्कृतिक संघलाई देशकै नमुना संगठनका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको थियो । संघका कास्की जिल्ला अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगरले गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %