गोविन्द घर्ती
भद्रौ ६ । रुपन्देहीको देवदह नगरपालिका विभिन्न क्षेत्रका वाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको छ ।
देवदह नगरस्तरीय विपद् व्यवस्थापन समिति । नेपाल अविनास सामाजिक सेवा संस्थाको संयोजन र युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा वाढी प्रभावितहरुलाई राहत प्रदान गरिएको हो । लगातार परेको बर्षाका कारण आएको वाढीबाट प्रभावित भएकाहरुलाई विभिन्न खाद्यान्नका सामाग्रीहरु प्रदान गरिएको छ । चामल, दाल, नुन, तेल, चिउरा, मसाल, सावुन, त्रिपाल, म्याट लगायतका सामाग्रीहरु प्रदान गरिएको नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विकले बताउनु भयो ।
रुपन्देहीको देवदह–३, वसन्तपुर, टटेराका वाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच वडा अध्यक्ष बैकुण्ठबहादुर कुवरले राहत प्रदान गर्नु भएको हो । देवदह नगरस्रीय विपद् व्यवस्थापन समितिले स्थलगत निरिक्षण पश्चात उक्त राहत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी देवदह–११, का करिव १८ घरपरिवार वाढी प्रभावितहरुलाई समेत राहत प्रदान गरिएको छ ।
देवदह–११, सौधनिया बजारमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष अमरबहादुर चौधरीले वाढी प्रभावितहरुलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको थियो । राहत वितरण कार्यक्रममा नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विक, कार्यक्रम संयोजक प्रशंसा भर, कार्यक्रम अधिकृत विनोद खाती, जनप्रतिनिधि, देवदह नगरस्तरीय विपद् व्यवस्थापन समितिका सदस्य, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
