गोविन्द घर्ती
भद्रौ ५ । रुपन्देहीको देवदह नगरपालिका क्षेत्रका वाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको छ ।
महिला जागरण सहयोग समुहको संयोजन र टेवा संस्था धापाखेल काठमाडौको विशेष सहयोगमा बाढी प्रभावितहरुलाई राहत प्रदान गरिएको हो । देवदहको केरवानी, सोईया टोल, विर्ता, वंगाली क्षेत्रका करिव ४० घरपरिवारलाई राहत प्रदान गरिएको हो । आमनागरिकलाई २५ किलो चामल, गर्भवती महिलालाई चामल र सल, सुत्केरी महिलालाई चामल सहित बच्चालाई कपडा समेत प्रदान गरिएको थियो ।
सो अवसरका बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दीपक चापागाईले वाढी प्रभावितहरुलाई प्रदान गरिएको राहतले केही मात्रामा भएपनि राहत पुग्ने बताउनु भयो । वाढी प्रभावितहरुलाई नगरपालिकाले सहयोगको लागि पहल भईरहेको बताउनु भयो ।
महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका नायव सुव्वा विनोद ज्ञवाली, केरवानी स्वास्थ्य चौकीका पुर्व प्रमुख ईश्वरी ढुंगाना, पत्रकार त्रिलोचन दहाल लगायतको सहभागिता रहेको थियो । सरस्वती पोखरेलको संचालनामा कार्यक्रम सम्पन्न भएको थियो ।
