देवदह नगरपालिकाको संयुक्त वडा कार्यालयमा लगाएको ताला खुल्यो

Read Time:2 Minute, 37 Second

गोविन्द घर्ती

Image may contain: 5 people, people standing, crowd and outdoorभद्रौ ५ । रुपन्देहीको देवदह नगरपालिका १–४, को संयुक्त वडा कार्यालयमा लगाएको ताला खुलेको छ ।

देवदह–१, को ६ नम्वर चोकदेखि अस्नैया तर्फ जाने बाटोलाई ईन्जिनियरलाई अध्ययन गराउने र त्यस पश्चात तत्काल मर्मत कार्य गर्ने र पछि पिच बनाउने सहमति पछि ताला खुलेको हो । देवदह–१, का स्थानीयवासीले ६ नम्वर चोकदेखि अस्नैया तर्फ जाने बाटो मर्मतको लागि नगरपालिकालाई पटक-पटक आग्रह, ज्ञापनपत्र बुझाएपनि वेवास्ता गरेको भन्दै संयुक्त वडा कार्यालयमा तालावन्दी गरेका हुन ।

उक्त बाटो जीर्ण अवस्थामा पुगेको र मर्मतको लागि वडा कार्यालय, नगरपालिकालाई आग्रह गरेपनि स्थानीयवासीको आग्रहलाई वेवास्ता गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालावन्दी गरेको स्थानीयवासी गणेश खातीले बताउनु भयो । देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडा नं १ का वडा अध्यक्ष रमेश भूषाल, देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक सुरज कार्की तथा स्थानीयवासी वीच भएको छलफल पछि वडा कार्यालयमा लगाएको ताला खोलिएको स्थानीयवासी गणेश खातीले बताउनु भयो ।
Image may contain: 12 people, people sitting and child

सो-अवसरमा बोल्दै नगरप्रमुख खत्रीले संवाद र सहमितबाट समस्याको समाधान गर्दै जाने बताउनु भयो । बाटोको अवस्था पुर्णरुपमा र्जीण रहेको र सो बाटो अध्ययनको लागि प्राविधिक खटाउने र प्राविधिकले दिएको प्रतिवेदन अनुसार बाटो मर्मत वा पुनः निर्माण गर्ने तर्फ नगरपालिका बढ्ने खत्रीले बताउनु भयो । स्थानीयवासीले वडा कार्यालयमा लगाएको तालाबन्दीका कारण सेवाग्राहीहरुले दुःख पाएका थिए । विभिन्न कामहरु लिएर आएका सेवाग्राहीहरु वडा कार्यालयमा लगाएको तालावन्दीका कारण दुख पाएको सेवाग्राहीहरुको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %