बागलुङे मगर दिदीबहिनीलाई तीजे गीतमा कलाकारले नचाए

Read Time:1 Minute, 26 Second

रूद्र श्रीसमगर
Image may contain: 3 people, people standing

पोखरा, भदौ ३ – बागलुङ–पोखरा मगर समाजद्वारा हरितालिका तीजका अवसरमा आयोजित दर खाने कार्यक्रम तथा चेलीबेटी भेटघाट कार्यक्रममा शुक्रबार लोकदोहोरी कलाकारहरूले बागलुङे मगर दिदीबहिनीहरूलाई छमछमी नचाए ।
  
सो अवसरमा लोक तथा दोहोरी गायक नवीन रानामगर, लोक तथा दोहोरी गायिकाद्वय सृष्टि पुनमगर र भवि घर्तीमगरले तीजे गीत तथा सालैजो गीतमा रमाइलो प्रस्तुती राखेका थिए ।

कार्यक्रममा बोल्दै समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक मेखबहादुर छन्त्यालमगरले हरेक संस्कृतिको आफ्नै महत्व रहेको उल्लेख गर्नुभयो । नेपालमा मनाइने सबै चाडपर्व र संस्कृतिको सबैको साझा भएको भन्दै उहाँले कुनै पनि संस्कृति आफ्नो र अर्काको नहुने धारणा राख्नुभयो ।

बागलुङ–पोखरा मगर समाजका उपाध्यक्ष कृष्णाकुमारी श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गजेन्द्र थापामगर र कोषाध्यक्ष कृष्णा पुनमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %