गोविन्द घर्ती
भद्रौ ४ । रुपन्देहीको देवदह–८, का बाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच राहत प्रदान गरिएको छ ।
देवदह नगरस्तरीय विपद् व्यवस्थापन समिति, नेपाल अविनास सामाजिक सेवा संस्थाको संयोजन र युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोगमा वाढी प्रभावितहरुलाई राहत प्रदान गरेको हो । विगत केहि दिन अगाडि लगातार परेको बर्षाका कारण बाढीबाट प्रभावित देवदह–८, का २२ घरपरिवारलाई राहत सामाग्री प्रदान गरिएको हो । चामल, दाल, चिउरा, नुन, स्वाविन, सावुन, तेल, त्रिपाल, म्याट लगायतका सामाग्रीहरु प्रदान गरिएको नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विकले बताउनु भयो ।
राहत वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले वास्तविक बाढी प्रभावित समक्ष राहत पुगोस भन्ने उद्देश्य राखेर नगरपालिकाले एकद्धार निति अवलम्वन गरेको बताउनु भयो । उहाले लगातार आएको बाढीले देश तथा रुपन्देहीको देवदहमा समेत क्षति पुर्याएको बताउदै वाढी प्रभावितहरुलाई नगरपालिकाले उचित व्यवस्थापन गर्ने बताउनु भयो ।
नगरस्तरीय विपद् व्यवस्थापन समितिले स्थलगत निरिक्षण गरी वाढी प्रभावितहरुको पहिचान गरी राहत वितरण गरेको बताउदै अन्य विभिन्न संघसंस्थालाई राहत प्रदान गर्न नगरपालिकाले आग्रह गर्ने बताउनु भयो । राहत वितरण कार्यक्रममा देवदह नगरका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–८, का वडा अध्यक्ष दण्डपानी भट्टराई, नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्बहादुर विक, कार्यक्रम संयाजक विनोद खाती, वडाका जनप्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
