गलकोट समाज–पोखराको दर खाने कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 14 Second

रूद्र श्रीसमगर
Image may contain: 12 people, people standing and outdoor

पोखरा, भदौ ३ – बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट पोखरा आइ बसोबास गर्ने गलकोटेहरूको साझा संस्था गलकोट समाज पोखराले हरितालिका तीजका अवसरमा गलकोटे दिदीबहिनीहरूलाई दर खुवाएको छ ।

शनिबार आयोजित कार्यक्रममा समाजले दर खुवाएको हो । सो दर खाने कार्यक्रमको हाल जापानमा कार्यरत पृथ्वी खत्रीले एकल प्रायोजन गर्नुभएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं समाजका विशेष सल्लाहकार साहित्यकार प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ले समाजलाई सक्रियतापूर्वक अघि बढाउनुपर्नेमा जोड दिनुभयो । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जुनसुकै ठाउँ र समुदायको भएपनि बागलुङ जिल्लाको समृद्धिका लागि बागलुङेहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा तीजे गीतमा नाचेर प्रथम, द्वितीय र तृतीय हुने क्रमशः निलकुमारी पुन, धनु श्रीस र सुष्मा खत्री खड्कालाई क्रमशः नगद १ हजार ५००, १ हजार र ५ सय रुपैयाँबाट पुरस्कृत समेत गरिएको थियो । नृत्य प्रतियोगिताका लागि निर्णायकका रूपमा समाजका पूर्व सचिव आकाश गौतम, बागलुङ महिला समाज पोखराकी अध्यक्ष ज्योति शेरचन, शिक्षासेवी पूर्णा श्रीस र समाजका कार्यसमिति सदस्य शालिकराम गैरे रहनुभएको थियो ।

गलकोट समाज पोखराका अध्यक्ष मीनबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीस र समाजकी आजीवन सदस्य शुभ पाण्डेले स्वागत गर्नुभएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %