गोविन्द घर्ती
भद्रौ ३ । सबैको सहयोगले मात्र देवदहको विकास संभव रहेको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।
उहाले देवदह नगरपालिकाको विकासका लागि नीजि क्षेत्रका व्यवसायीहरुले सहयोग गर्नुपर्नेमा जोड दिनु भएको थियो । देवदह व्यापार संघले आयोजना गरेको सम्मान, बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । देवदह व्यापार संघले नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा तेश्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७३ सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । संघले महोत्सवको अवधिभर विभिन्न उपसमितिको संयोजक, सहसंयोजक, सदस्यहरुलाई सम्मान गरेको हो ।
सोही अवसरमा बोल्दै रुपन्देही व्यापार संघ रुपन्देहीका पुर्व अध्यक्ष टंकप्रसाद पोखरेलले नीजि क्षेत्रलाई प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । उहाले देवदह क्षेत्रको गहनाको रुपमा रहेको देवदह व्यापार मेलालाई व्यवस्थित गर्न नगरपालिकाले विशेष सहयोग गर्नुपर्ने बताउदै त्यसको पुर्वाधार विकासमा नगरपालिकाले टेवा पुर्याउनु पर्ने बताउनु भयो ।
देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, सिद्धिचरण भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सो अवसरमा नवनिर्वाचित देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री, उपमेयर विद्यालक्ष्मी गुरुङ्ग, वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो । बरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद गौतमको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
