गोविन्द घर्ती

भद्रौ ३ । देवदह नगरस्तरीय विपद् व्यवस्थापन समितिको व्यवस्थापन र नेपाल अविनास सामाजिक सेवा संस्था देवदहको संयोजनमा वाढी प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।
लगातार परेको बर्षाका कारण वाढीबाट प्रभावितहरुलाई राहत वितरण गरिएको हो । मिसन टु नेपालको विशेष सहयोगमा देवदहका वाढी प्रभावितहरुलाई एक कार्यक्रमका वीच राहत वितरण गरिएको हो । वाढी प्रभावितहरुलाई राहत वितरण गर्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरस्तरीय विपद् व्यवस्थापन समितिले स्थलगत निरिक्षण पश्चात वाढी प्रभावितहरुलाई राहत वितरण गरिएको बताउनु भयो । उहाले नेपाल अविनास सामाजिक सेवा संस्थाको पहल र मिसन टु नेपालको सहयोगमा वाढी प्रभावितहरुलाई राहत वितरण गरियो त्यसरी नै अन्य संघसंस्थालाई पनि राहत प्रदानको लागि आग्रह गर्ने बताउनु भयो ।
विभिन्न संघसंस्थाले प्रदान गर्ने राहत वास्तविक वाढी प्रभावित समक्ष पुगोस भन्ने उद्देश्य राखेर देवदह नगरपालिकाले एकद्धार प्राणाली नीति अवलम्वन गरेको बताउनु भयो । देवदह–१ र २ का करिव ३० घरपरिवार वाढी प्रभावितहरुलाई चामल, दाल, चिउरा, नुन, त्रिपाल, म्याद, तेल, सावुन लगायतका सामाग्रीहरु प्रदान गरिएको नेपाल अविनास सामाजिक सेवा संस्थाका अध्यक्ष खड्कबहादुर विकले बताउनु भयो ।
देवदह क्षेत्रमा वाढीबाट करिव ७० घरपरिवार प्रभावित भएको अध्यक्ष विकले बताउनु भयो । राहत वितरण कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, मिसन टु नेपालका दिपक राई, वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
