कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको आयोजनामा तीजगित प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 48 Second

गोविन्द घर्ती

Image may contain: 8 people, people standingभद्रौ ३ । सहकारीले मात्र आर्थिक समृद्धि गर्न सकिने भएकोले सहकारीहरुले आर्थिक उपार्जन तर्फ लगानी गर्नुपर्ने जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिमप्रसाद तुलाचनले बताउनु भएको छ ।

कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको आयोजनामा भएको तीजगित प्रतियोगितामा उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष तुलाचनले सहकारी मार्फत समाज रुपान्तरण गर्न सकिने भएकोले सहकारीको सदस्य बन्नु पर्नेमा जोड दिनु भयो । उहाले सहकारीले मात्र आर्थिक समृद्धि गर्न सकिने भएकोले सहकारीहरुले आर्थिक उपार्जन तर्फ लगानी गर्नुपर्ने बताउनु भयो । साकोसका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य तथा प्रमुख सल्लाहकार प्रकाश अर्याल, सल्लाहकार जीवलाल पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

प्रतियोगितामा मेलमिलाप दिदीवहिनी क्लव गगनटोल प्रथम, नव एकता दिदीवहिनी क्लव खैरेनी द्धितिय र मायादेवी दिदीवहिनी क्लव तल्लो खैरेनी तृतिय भएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण दिदीवहिनी क्लवले सहकारी सम्वन्धी आ–आफनो गित तथा नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा १६ समुहको सहभागिता रहेको संस्थाले जनाएको छ ।

संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र सचिव खेमानन्द ज्ञवाली र सरस्वती पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कोलिय साकोसद्धारा गठित दिदीवहिनी क्लव स्तरीय हिन्दु नारीहरुको महान पर्व तीजगितको अवसरमा उक्त प्रतियोगिता सम्पन्न गरेको हो । कार्यक्रममा दुर्घटना विमाको रकम समेत हस्तान्तरण गरिएको थियो । कोलिय सोकोसका शेयर सदस्य तिलबहादुर गुरुङ्ग, खिमबहादुर पुन, यमबहादुर रानाको सडक दुर्घटनमा परि मृत्यु भएकोमा उहाहरुको परिवारलाई विमा रकम वापत १/१ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %