सहयोगी नेपाली मनहरुद्वारा बाढी पीडितलाई सहयोग (फोटो फिचर सहित)

Read Time:4 Minute, 40 Second

छबि मगर

Image may contain: 9 people, people standing, tree and outdoorपेखरा, भदौं २ – बाढी पहिरोले देश अशान्ति बनिरहेको बेला सहयोगी हातहरु जुट्न थालेका छन् । बाँकेको राप्ती नदीमा आएको बाढीका कारण पीडित सोनारी गाउँपालिका अन्र्तगत पर्ने टिकुलिपुरबासीलाई सहयोगि नेपाली मनहरू प्रालिले सहयोग हस्तान्तरण गरेको छ ।

सहयोगि नेपाली मनहरू प्रालिद्वारा संकलित राहतलाई बुधबार सहयोगि नेपाली मनहरू प्रालि.का संचालक एवं राहत संकलन समितिका पोखरा संयोजक छवि मगरले राप्ती सोनारी गाउँपालपिका वडा न–२ अन्र्तगत पर्ने टिकुलिपुरमा पुगेर हरलाबोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष आन्सर खत्री, सचिव कृष्ण केसी, जन कल्याण सामुदायिक वन उपभोक्ता समुहका हरिभक्त पौडल  र दुर्गा भगवति सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष चन कुमारि थारू  लाई राहत हस्तान्तरण गरेका हुन् । सो समुहले त्यही पिडति परिवार लाइ वितरण गर्ने छन् ।

Image may contain: outdoor and nature

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

संयोजक छवि मगरका अनुसार टिकुलीपुरका ५०० घरधुरीलाई  चाउचाउ १८ कार्टुन ,बिस्कुट १८ कार्टुन, भुजा ३५० कार्टुन, दालमोट ५०० कार्टुन गरि २० हजार बराबरको सामग्री सहयोग गरिएको हो । राहत सामाग्री बुझिसकेपछि हरलाबोट सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष आन्सर खत्रीले सहयोगि नेपाली मनहरूको टिमलाई धन्यवाद दिँदै आगमी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए ।
बाढी पीडितका लागि राहत संकलन गर्न सहयोगि नेपाली मनहरू कतारबाट लोकेश गैरेले संयोजन गरेका थिए भने राहत बितरण गर्न सहयोगी नेपाली मनहरु प्रालिका नेपाल संयोजक छवि मगर पोखराबाट तराई पुगेका थिए । कतारमा सहयोगि नेपाली मनहरूका अध्यक्ष लोकेश गैरे, उपाध्यक्ष चित्र आले, सहयोगीहरु राजकुमार धिमाल, यदुराज गिरी, निङ्मा लामा, संजय थापामगर, सोमनाथ बर्तौला, कृष्ण बुढाथोकी, नरेन्द्र  चिदीमगर, विनोद सुवेदी र शिव बस्नेतले सहयोग गरेका थिए ।

Image may contain: 8 people, people standing and outdoorटिकुलीपुरमा बाढीका कारण मानविय क्षति नभए पनि बस्ती पूरै डुबानमा परेको छ ।  त्यहा लगाएत राप्ती पारिको गाउमा बस्नको लागी कठिन अहिले सामुदायिक वनको चौवरमा त्रिपाल टागरे बसेको अझै त्रिपाल पनि पुरा पुगेको छैन । गाउमा चौपाए मरेर प्रदुषण भइ रहेको छ।   खानेपनि औषधी समस्या भएको बताउछन् जन कल्याण सामुदायिक वन उपभोक्ता समुहका हरिभक्त पौडल । यो देखेपछि सहयोगी नेपाली मनहरुले द्रोस्रा चरणको राहत संकलनको लागी कतारका लोकेश गैरे र नेपालमा छबि मगरको संयोजकत्वमा राहत संकलन जुटेको छ ।
Image may contain: sky, tree, outdoor and nature

सहयोगि नेपाली मनहरू प्रालि मा पनि यस टिमले यसभन्दा अगाडी पोखराको बृद्धआश्रम र बैदेशिक मृत्यु भएका परिवार र जटिल रोग लागेका व्यक्तिहरुलाई सहयोग गर्दे आइरहेको छ । अहिले सहयोगि नेपाली मनहरू प्रालि भई नेपालका केही लगानी गरी ४, ५ जाना रोजगारी दिने उदेश्यले ग्यारेज, कार वास समेत संचालमा यही समीती भत्रिका व्यक्तिहरुको लगानी रहेको छ । ग्यारेज, कार वास बाट पनि कमाएको ५% रकम सेवाको लागी छुट्याएको छ । शनिवार धरानका ३७ वर्ष राजकुमार तोलङे क्यान्सर भई उहा भरतपुर अस्पतालमा उपचार गराइराखेकोले आन्द्रा अपरेशन गरी भित्र राख्नको लागी सहयोग रकम दिन नेपाल संयोजक छबि मगर चितवन क्यान्सर हस्पिटल जाने छन्।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %