पुल भासिदा स्थानीयवासी आवात जावतमा समस्या

Read Time:2 Minute, 9 Second

गोविन्द घर्ती

भद्रौ १ । रुपन्देहीको देवदह नगरपालिका–३ टटेरा र देवदह–८, मुखिया टोल जोड्ने पुल भासिदा आवात जावतमा समस्या भएको छ ।

विगत केही दिन देखि लगातार परेको बर्षाका करण उक्त पुल भासिदा स्थानीयवासी आवात जावतमा समस्या भएको हो । देवदह–३, को टटेरा निवासी स्थानीयवासी उक्त पुल हुदै खैरेनी तर्फ आउने गरेपनि बर्षाका कारण पुल भासिए पछि घुमेर आउनु परेको स्थानीयवासीहरुको भनाई रहेको छ । देवदह नगरपालिकाको लगानीमा निर्माण गरिएको उक्त पुल लगातार परेको बर्षाका करण भासिए पछि विकल्पको रुपमा कुनै बाटो नहुदा स्थानीयवासीले दुःख खेप्नु परेको स्थानीयवासी लक्ष्मण सूर्यवंशीले बताउनु भयो ।

देवदह नगरपालिकाले पटक पटक गरी करिव २ लाख रुपैया लगानी गरेपनि निर्माण कार्य कमजोर भएका कारण बाढीले पुल भासिएको विज्ञहरुको भनाई रहेको छ । नगरपालिकाले लगानी गर्ने भौतिक निर्माण गर्दा प्राविधिक निरिक्षण नहुदा कमजोर भएको विज्ञहरुको भनाई रहेको छ । लगातार परेको बर्षाका करण पुल भासिए पछि स्थानीयवासीलाई आवत जावतमा समस्या भएपछि पुनः निर्माणको लागि पहल भईरहेको देवदह–८, का वडा अध्यक्ष दण्डपाणी भट्टराईको भनाई रहेको छ । उहाका अनुसार दुवै वडा मिलेर पुलको निर्माण यसै बर्ष गर्ने गरी काम अगाडि बढाईएको भट्टराईको भनाई रहेको छ । यस विषयमा नगरपालिका पनि सकारात्मक रहेकोले यसै बर्ष पुल निर्माण हुने अध्यक्ष भट्टराईले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %