यसरी मनाइयो नेपालले अंग्रेजलाई युद्धमा हराएको संम्झनामा भगवतीरथ जात्रा(फोटो फिचर सहित)

Read Time:2 Minute, 58 Second

देब पचभैया
Image may contain: 19 people, crowd and outdoor

पाल्पा, साउन ३१ – पाल्पाको तानसेनमा आज सिन्दुर जात्रा मनाईएको छ । अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा श्रीरणउजिरेश्वरी भगवती माईको १९९ औ  रथजात्रा भब्यताका साथ मनाइएको हो ।

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलि पल्ट मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको छ । अंग्रेज फौज संग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र बिजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ ।पाच नाका बाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोरेपनि जितगढीको लगाईमा बिजयी भएको थियो । त्यसैको संझनामा विक्रम सम्वद १८७६ देखि जात्रा मनाउन थालिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिनुभयो ।

जात्राको अघिल्लो दिन सोमबार रातभरी जाग्राम बसेर भगवतीको महिमा गाइएको छ । सोमबार राति १२ बजे साइत हेराएर भगवतीको रथ उचालेर बली चढाएपछि मंगलबार बिहानै देखि पूजा पाठ भएको थियो ।

दिउसो साढे १२ बजे कर्णेल पुजा गरेर रथ उठाइएको र सरकारी पुजा पछि भगवतीको रथलाई बजार परिक्रमा गराइएको हो । झाकी र्यालीका साथमा बजार परिक्रमा भएको रथको अघि पछि नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, खेलाडी , बिधार्थी, स्थानिय संघ सस्थाका प्रतिनिधि , भक्तजन लगाएको सहभागीता थियो । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको ईतिहास बोकेको श्रीरणउजीरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्बको मान्यता दिनुपर्ने स्थानियको माग छ । स्थानिय बिदा दिएर पाल्पामा भगवतीजात्रा मनाइएको छ । जात्रा अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, गुल्मी, पर्बत ,पोखरा, बुटवल, अर्घाखाँचीलगायतका जिल्ला बाट भक्तजन आएका थिए ।

{facebook}1356970907685767{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
पाल्पाको तानसेनमा सिन्दुर जात्रा मनाईएको फोटो झलक :.

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %