गोविन्द घर्ती
साउन ३१ । देवदह नगरपालिकाको प्रथम नगर सभा मदन आश्रित स्मृति सभाहल शितलनगरमा शुरु भएको छ । प्रथम नगर सभाले करशुल्क वस्तुको दररेट सर्वसहमतबाट पारित गरेको छ ।
प्रथम नगरसभामा नगरपालिकाले लिन पाउने स्थानीय करको दायरा सर्वसहमतबाट पारित गरेको हो । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ले सभामा प्रस्तत गरेको राजश्व कर दररेट माथि नगरसदस्यहरुले आ–आफनो सुझाव सहित पारित गरेको हो । नगरसभाले घरजग्गा कर, मनोरञ्जन कर, विज्ञापन कर, हाटबजारको सेवा शुल्क, सवारी कर, सेवा शुल्क, घरनक्सा पास, जग्गा प्लटिङ्ग शुल्क लगायत रहेका छन् । त्यसैगरी बैठकले एकिकृत सम्पत्ति करलाई समेत यसैबर्ष देखि लागु गर्ने निर्णय गरेको छ ।
नगरसभामा उपप्रमुख गुरुङ्गले ५१ करोड, ९४ लाख, ३९ हजार बरावरको बजेट प्रस्तुत गर्नु भएको थियो । जसमा पुजीगत खर्च ८५.४२ र चालु खर्च १४.५८ प्रतिशत छुट्टर्याईएको छ । सोही बजेटको आधारमा देवदह नगरपालिकाको योजनाहरु छनोट गर्ने नगरपालिकाले जनाएको छ । प्रथम नगरसभाको शुभारम्भ गर्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिकामा चक्रपथको अवधारण तयार गर्ने गरी अगाडि बढेको बताउनु भयो । उहाले युवाहरुलाई बैदशिक पलायन हुनबाट रोक्न कृषिलाई व्यवसायी बनाउन नगरपालिकाले ठोस योजना ल्याउने बताउनु भयो । प्रमुख खत्रीले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण रहेकोले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खन्न, संरक्षण र सम्वद्र्धन गरी देवदहलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न अहिले नगरसभाले योजना निर्माण गरेर अगाडि बढ्ने बताउनु भयो ।
