डा. कविताराम श्रेष्टको कृति “लाईट अफ द हिमालय” बिमोचन सम्पन्न

Read Time:4 Minute, 29 Second

सुरेन्द्र इङ्नाम
Image may contain: 8 people, people standing

केन्ट/बेलायत – गत १३ अगष्ट २०१७ को दिन बेलायतको वोर्किङ स्थित एक नेपाली रेष्टुरामा “प्रवासी नेपाली साहित्य समाज प्रभात”को आयोजनामा डा. कविताराम श्रेष्टको खोज अनुसन्धान मुलक उपन्यास “लाईट अफ द हिमालय” अंग्रेजीमा अनुवाद कृति बिमोचन सम्पन्न भएको हो ।

“प्रवासी नेपाली साहित्य समाज प्रभात”का पुर्व संचेतक, साहित्यकार मुलीबिर राईको बिषेश सक्रियतामा आयोजना गरिएको उक्त कार्यक्रममा विस्वासदीप तिगेला कार्यक्रमको सभाध्यक्ष रहनु भएको थियो भने प्रमुख अतिथिमा बेलायतका लागी नेपाली राजदुत तथा साहित्यकार दुर्गा बहादुर सुबेदी “दुबसु” आसिन हुनु भएको थियो, साथै अन्य अतिथिहरुमा डा. रुपक श्रेष्ट, टि यु लेक्चरल सुमाया राई, राजेन्द्र क्षेत्री, एस बहादुर राई र एलिजावेथ ईभान्स रहनु भएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा भगवान चाम्लिङ्ले स्वागत मन्तब्य साथै श्रष्टा डा. कविताराम श्रेष्टको छोटो परिचय दिएपछि राजदुत “दुबसु”, सभाध्यक्ष तिगेला र अन्य अतिथिहरुबाट सामुहिक रुपमा कृति बिमोचन गरिएको थियो ।

श्रष्टा डा. कविताराम श्रेष्ट बिशेष त अस्विकृत साहित्यमा लागी पर्नु भएको थियो । पेशाले वहा समाज सास्त्री भएपनि वहा नेपाली साहित्यको एक धरोहर ब्याक्ति हुनुहुन्छ, ३७ वटा साहित्यिक कृति नेपालीमा लेख्नु भयो भने ५ वटा साहित्यिक कृति अंग्रेजीमा पनि लेख्नु भएको छ, वहाको आफ्नै स्वरमा अडियो सिडी पनि निकाल्नु भएको छ भने २ फिल्मका कथा साथै २ डकुमेन्ट्रि समेत लेख्नु भएको छ । पछिल्लो केहि वर्षबाट वहालाई क्यान्सर भएपनि वहामा जोस र जागर उत्तिनै रहेको छ ।

आजको यस कृति “लाईट अफ द हिमालय” (नेपालीमा: “महा भिनिसक्रमणका अस्विकृत पाईला”) को बारेमा बोल्दै भन्नुभयोः “धर्म, संस्कार संस्कृति, बिश्वासको बारे रहि बुद्ध धर्म मानव मार्गदर्शक भएको खोज अनुसन्धानले बताएको र त्यही खोज अनुसन्धानले आज यस उपन्यास बनेको” भनि प्रष्ट्याउनु भयो ।

उक्त बिमोचित उपन्यासको बारे साहित्यकार मुलीबिर राईले बोल्दै श्रष्टासँग लिईएको भिडियो अन्तर्वार्ता पनि प्रस्तुत गर्नुभएको थियो । वहालाई बधाई तथा मन्तब्य, स्वास्थ्य कामना राजदुत “दुबसु”, एलिजावेथ ईभान्स, राजेन्द्र क्षेत्री, डा. रुपक श्रेष्टले दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष बिश्वासदीपले श्रष्टा डा. कविताराम श्रेष्ट ज्यूलाई बधाई दिदै वहाले “प्रवासी नेपाली साहित्य समाज प्रभात”लाई सधै साथ सहयोग दिदै आउनु भएको र सल्लाह शुझाब पनि दिदै आउनुभएको बताए सगै स्वस्थ्य सुधारको कामना पनि गर्नुभयो । उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमको समापन गर्नुभयो ।

दिउसोको २ बजेबाट सुरु भएर साँझ ७ बजेसम्म चलेको उक्त कार्यक्रमलाई मिश केवा राईले सञ्चालन गर्नुभएको थियो भने फोटोग्राफरमा साहित्यकार तथा एभरेष्ट मेडिया लिमिटेडका सस्थापक ईश्वर चाम्लिङ् रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %