संजय सिंजाली मगर
{youtube}https://youtu.be/ox_vDf_Ji2M{/youtube}
काठमाण्डौं, साउन २९ – नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति द्धारा आयोजित १४औ बार्षिक साधरण सभा “नाचघर” जमल, काठमाण्डौं मा सम्पन्न भएको छ ।
सांस्कृतिक संघको अध्यक्ष कविराज मगरको सभापतित्वमा भएको यस कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगर हुनुहुन्थ्यो । औपचारिक रहेको यस कार्यक्रममा सहयोगि मन, बिभिन्न संघसंस्थाका व्यक्तिहरु, लगायत कलाकारहरुलाई प्रमुख अतिथि बाट प्रमाणपत्रले सम्मान गरिएको थियो ।
अन्त्यमा उपस्थित पदधिकारीहरुले आ-आफ्नो शुभकामना मन्तव्य दिने क्रममा अतिथि तथा सांस्कृतिक संघका भूतपूर्व अध्यक्ष कविता आले मगरले भन्नु भयो, अब सबै कलाकारहरु अगि बढ्नु पर्छ, हामी पाच औला जसरी एक ढिक्का हुन सक्यो भने अझै मज्बुत हन्छौ, मैले यस सांस्कृतिक संघमा ६ बर्ष सम्म अध्यक्षको रुपमा रहेर काम गरे, त्यस बेलाको कुरा आज भोली सम्झदौ के रोचक लाग्छ भने, पहिला पहिला सांस्कृतिक संघमा सदस्यतामा आबद्ध हुन आग्रह गर्दा पनि मान्नुहुदैनथ्यो तर अहिले यसरी सबै जना एक साथ देख्न पाउदा एकदम खुसि लागेको छ, आगमी दिनहरु पनि यसरि नै हातेमालो गर्दै अगि बढ्दै जानुपर्छ भन्दै संघका पदाधिकारहरु लगायत उपस्थित महानुभावहरु लाई शुभकामना दिनु भएको थियो ।