बागलुङ–पोखरा मगर समाजको ११ औं वार्षिक साधारणसभामा कलाकारको सांगीतिक प्रस्तुती

Read Time:2 Minute, 49 Second

रूद्र श्रीसमगर
Image may contain: 8 people, people smiling, people sitting

पोखरा, साउन २८ – बागलुङ–पोखरा मगर समाजको ११ औं वार्षिक साधारणसभामा लोकदोहोरी कलाकारहरूले सांगीतिक प्रस्तुती राखेका छन् । शनिबार भएको साधारणसभामा समाजका सांस्कृतिक संयोजक एवं लोकदोहोरी गायक सञ्जय पुनमगर, लोकदोहोरी गायिका सृष्टि पुनमगर, इमेज लोककलाकारका उपबिजेता नरबहादुर रानामगर ‘सुरेश’ र लोकदोहोरी गायिका भवि घर्तीमगरले बागलुङे मगरहरूलाई छमछमी नचाए ।

यसअघि, कार्यक्रमको उद्घाटन गर्दै समाजसेवी धनबहादुर श्रीसमगरले समाजलाई एकताबद्ध बनाएर अघि बढाउन आग्रह गर्नुभयो । बागलुङे मगरहरूलाई एकजुट बनाएर समाजले आफ्नो गतिविधि अघि बढाएकोमा प्रशंसा गर्दै श्रीसमगरले आफ्नो पहिचान जोगाउन लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

Image may contain: 6 people, people smiling, people standing 
कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार भीमबहादुर श्रीसमगर, बागलुङ समाज पोखराका सचिव विक्रम थापामगर, बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्ता गिरी, समाजका सल्लाहकार संयोजक मेखबहादुर छन्त्यालमगर, बागलुङ महिला समाज पोखराका अध्यक्ष ज्योति शेरचन, बागलुङ–पोखरा मगर समाजकी सल्लाहकार उर्मिला श्रीसमगरलगायतले बागलुङ–पोखरा मगर समाजले प्रशंसनीय कार्य गर्दै आएको उल्लेख गर्नुभएको थियो ।
 
कार्यक्रममा ८० वर्ष पुगेका समाजका ज्येष्ठ सदस्य छमबहादुर थापामगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, २०७३ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण ११ जना मगर विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । साथै, साधारणसभाले सचिव गजेन्द्र थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

Image may contain: 11 people, indoor 
बागलुङ–पोखरा मगर समाजका अध्यक्ष रामबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गजेन्द्र थापामगर र सह–कोषाध्यक्ष हिमबहादुर श्रीसमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %