राम अस्लामी
प्रबास ब्युरो- दोहा/कतार, अप्रिल ११ – राष्ट्रिय जनमुक्ति पार्टीको कतार प्रबासी संगठन जनमुक्ति मंच कतारद्वारा बृहत जनसहभागितामा “पार्टीको सैद्धान्तिक पक्ष र समसामयिक राजनीतिक बिषयक एक दिवसीय प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
मंचका अध्यक्ष राज खम्बुज्यूको सभापतित्वमा र उपाध्यक्ष टप बहादुर थापा, उपमहासचिव सन्तोष रन्जनको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मन थापा (डि.बि.)ले प्रशिक्षण दिएका थिए । प्रशिक्षणको क्रममा उनले पार्टीको सैद्धान्तिक पक्षको बारेमा विश्लेषण गर्दै हरेक नेपाली जनताले आफ्नो मतको महत्व बुझ्नुपर्ने र आजसम्म भ्रष्ट पार्टी अनि नेतालाई मत दिई जिताइरहदा मुलुकले आज यो दुर्दशा भोग्नुपरेको बताए तसर्थ बर्तमान अवस्थामा पनि देशलाई सुधार गर्दै लैजान र राष्ट्रियता र स्वाधीनताको रक्षा गर्दै भाबी सन्ततिलाई समृद्ध मुलुक प्रदान गर्न अब नेपाली जनताले राष्ट्रिय जनमुक्ति पार्टीलाई बिश्वास गर्नुपर्ने धारणा राखे ।
त्यस्तै अथितिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा हरेक जातजातिको अधिकार सम्पन्न सर्बस्वीकार्य संविधान बनाउन तत्काल सरकार संविधान संसोधनको प्रकृयामा जानुपर्ने धारणा राखे । एक नश्लिय सत्ता र एकाधिकारबादको अन्त्य नहुदासम्म मुलुकले निकास नपाउने भन्दै मुलुक १०+१ प्रदेश सहितको संघीयतामा जानुपर्ने कुरामा जोड दिदै अध्यक्ष खम्बुले कार्यक्रम समापन गरेका थिए भने संचालन सन्तु रानाले गर्नु भएको थियो ।