जनमुक्ति युवा महासंघ कपिलवस्तुको दोस्रो जिल्ला अधिवेसन सम्पन्न

Read Time:2 Minute, 39 Second

राम अस्लामी

कपिलबस्तु, साउन २९ –
राष्ट्रिय जनमुक्ति पार्टीको युवा जनसंगठन जनमुक्ति युवा महासंघ कपिलबस्तुको दोस्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ ।

अधिबेशन मुक्त पुलामी मगरको अध्यक्षता भएको थियो भने पार्टी संघीय परिषद सदस्य भैरब थापा मगरको प्रमुख आतिथ्यता तथा जनमुक्ति युवा महासंघका  राष्ट्रिय अध्यक्ष शंकर गाहाको विशिष्ट आतिथ्यता रहेको थियो भने अथितिमा संघिय महासभा सदस्य नगेन्द्र रौतहट, महासंघ केन्द्रका सचिब बसु राना, जिल्ला अध्क्षय धन बहादुर मिधुन, राष्ट्रिय महिला मोर्चाका जिल्ला सचिब दुर्गा झेडी, महिला वडा अध्क्षय धनी सरा झेडी, जिल्ला प्रहरी प्रशासन प्रतिनिधि तुल बहादुर दर्लामी, पत्रकार कृष्ण चौधरी साथै बुद्धिजिबी, पार्टी कार्यकर्ता तथा शुभ-चिन्तकहरु र स्थानिय युवाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

अत्यन्तै उत्साह जनक समपन्न अधिवेसनले मुक्त पुलामीको अध्यक्षतामा १५ सदस्यि सहितको नयां कार्यसमिति चयन गरेको छ । यस नयाँ जुझारु समिती बाट, अब पार्टी बलशाली बनाउन जिल्लालाई दरिलो उर्जा मिल्ने बिश्वास गरिएको छ । नव निर्बाचित सम्पूर्ण पदाधिकारीहरु लाई प्रमुख पाहुनाहरु बाट बधाई तथा शुभ-कामना दिनु भएको थियो भने उक्त अधिबेशनको कार्यक्रम संचालन अधिबेशन तयारी समितीका सचिब अमृत थापा ज्युले गर्नु भएको थियो ।
 
जनमुक्ति युवा महासंघ (जिल्ला समिती) नामावलिहरु:
अध्यक्ष: मुक्त पुलामी 
उपाध्यक्ष : बिष्णु राना 
उपाध्यक्ष : चेत आले

सचिब : देबेन्द्र झेडी 
सह-सचिव : पवित्र दर्लामी 
संगठन सचिव : यामेस रेश्मी 
कोषध्यक्ष : दुर्गा झेडी
सदस्यहरु : रमा गाहा, रुबिना गुरुङ,बिबेक गाहा, भगवति डिस्वा, आरती झेडी, भक्त सारु, रुपा गाहा, लिल् बहादुर थापा रहेका छन ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %