रूद्र श्रीसमगर
पोखरा, साउन २८ – नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)को आगामी भदौ ७ गतेदेखि ११ गतेसम्म हुने २१ औं राष्ट्रिय सम्मेलनका लागि पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीले प्रतिनिधि चयन गरेको छ ।
शनिबार भएको बैठकले ६ जना प्रतिनिधि चयन गरेको छ । जसमा सुजन बाँस्तोला, नेत्र विक, सुरज रानाभाट, सुष्मा खत्री, पुष्पा ढकाल र सालुमाया गुरुङ रहनुभएको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) कास्कीका सह–इञ्चार्ज रामजीप्रसाद बराल ‘जीवन’, केन्द्रीय सचिव दीपक भट्ट, केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नम्बर सातका सह–संयोजक नवराज ऐराले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो ।
