देवदहको खैरेनीमा नगर स्तरीय खुल्ला तीजगीत प्रतियोगिता सम्पन्न

Read Time:2 Minute, 4 Second

गोविन्द घर्ती
Image may contain: 13 people, people smiling

साउन २७ । महिला हिंसा न्यूनिकरण गर्न सवै लाग्नु पर्ने देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ ।

उहाले महिला अधिकारको लागि सम्पूर्ण महिलाहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । साईवावा चेरिटेवल ट्रष्टद्धारा देवदहको खैरेनीमा आयोजित नगर स्तरीय खुल्ला तीजगीत प्रतियोगिता कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । प्रमुख खत्रीले संस्कृतिको संरक्षण गर्दै पर्वको नाममा हुने विकृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो । उहाले महिलाहरुको आर्थिक पहुच बढाउनको लागि आयमुलक, सिपमुलक र व्यवसायी बन्नु पर्नेमा जोड दिनु भयो ।

जगत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, ट्रष्टका संस्थापक अध्यक्ष पवित्रा श्रेष्ठ, मेलमिलाप केन्द्रका जिल्ला सदस्य देवु भट्टराई, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द ठड्राई लगायतले बोल्नु भएको थियो ।

प्रतियोगितामा उज्यालो लालटिन देवदह प्रथम, युगज्योति आमा समुह द्धितिय, चेली कृषि सहकारी संस्था तृतिय र देवदह बोडिङ्ग स्कुल सान्तवना भएको आयोजकले जनाएको सम्पन्न भएको थियो । प्रतियोगिता सम्पन्न गर्न चेलि कृषि सहकारी संस्थाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %