कमल चौधरी
बुटवल । पछिल्लो समयमा मगर समुदाले मौलिक भेष, भुषा, रितीरिवाज, धर्म, प्रथा परम्परालाई विर्सिदै गएको अवस्थामा बुटवल–१३ बँदेपोखरीका मगर समुदाय एक जुट भएर आफ्नो संस्कृतिको संरक्षणमा जुटेका छन् । उनीहरुले अब आफ्ने पूर्वजहरुले कोरेको वाटोलाई हामी नयाँ पुस्ताले अगाल्नु पर्छ भनि मौलिक संस्कृति संरक्षणमा जुटेका हुन् ।
नेपाल मगर संघका नगर अध्यक्ष गोपाल चौहानले पछिल्लो समयमा मगरहरुले आफ्नो भाषा, धर्म संस्कृति भुलेको भन्दै यसलाई संरक्षणमा आफै क्रियाशिल भएर जुट्नुपर्ने बताउँछन् । उनले भने – ‘भाषा, धर्म हराए मगर समुदायको अस्तित्व पनि लोप हुन्छ ।’ त्यसैले होला, आफ्नो धर्मा, संस्कृति र अस्तित्व गुम्ना नदिनको लागि बुटवल–१३, बँदेलपोखरीका मगर समुदायहरु एक जुट भएका हुन् ।
उनीहरुले पछिल्लो समयमा बँदेलपाखरीमा बाजेबजै पितृ थान निर्माण गरेका छन् । भने त्यस्तै मगर संघको भवन, मगर महिला संघको भवन, पुस्तकालय, नेपाल मगर महिला समूह वडा इकाइ समितिको शिल्पकाला कोठा, कृयापुत्री बस्ने कोठा निर्माण समेत गरेको नेपाल मगर संघका पूर्व इकाई अध्यक्ष तथा सल्लाहकार बल बहादुर थापाले जनकारी गराए । उनले यस ठाउँमा हामीले बाजेबजै थानमा पितृहरुलाई सम्झी पूजा गर्नको लागि पितृ थान निर्माण गरेको बताए ।
के हो कूल (इष्टदेव) पितृ बाजे बजै ?
पितृ भनेको जसले आ–आफ्नो पितृहरुको सदासर्वदा विश्वासको साथ आस्था राख्दछन् उसलाई जीवनमा उसको आत्माले चाहना गरेका कुराहरु पूरा हुँदै गएको महशुस भईरहेको हुन्छ । पितृहरुको आस्था राखी स्वच्छ मनले पूजा गर्दै, पितृको आशिवार्ददले आफ्नो आकांक्षाहरु पूरा गर्नु नै पितृ शक्ति रहेका निर्माण समितिका अध्यक्ष तथा सल्लाहकार क्या. केश बहादुर श्रीस बताउँछन् । त्यस्तै तारा प्रसाद बुढाथोकी मगरले परापूर्वकाल देखि नै कूल (इष्टदेव) पितृ बाजे बजै दिवंग आत्माको स्मरणमा पूजा गर्नाले परिवारमा सुःख शान्ति, बंशबृद्धि, कृषि तथा जिव जन्तुमा रोग व्यथा नलागोस् भन्ने मान्यताले नै पितृ बाजे बजै पुजा गरिने गरेको बताए ।
संघको १४ औं अधिवेशन कार्यक्रम सम्पन्न
त्यस्तै नेपाल मगर संघ वडा इकाई समिति बुटवल–१३ ले शानिबार १४ औं अधिवेशन कार्यक्रम सम्पन्न गरेको छ । अधिवेशन कार्यक्रम शेर बहादुर पुनको अध्यक्षता, नेपाल मगर संघका नगर अध्यक्ष गोपाल चौहनको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमा नेपाल मगर संघ पूर्व इकाई अध्यक्ष तथा सल्लाहकारहरु केश बहादुर श्रीस, बल बहादुर थापा, दल बहादुर पुन, दलबहादुर थापा, जंङ्गबहादुर श्रीस, हेम बहादुर राना, तमु ह्युला छोंजधी राष्ट्रिय परिषद्का इकाई अध्यक्ष झलबहादुर गुरुङ्ग, नेपाल मगर बौद्ध सेवा समिति इकाई अध्यक्ष रीमान श्रीस लगायले बोलेका थिए । अधिवेशन कार्यक्रममा पूर्व अध्यक्षहरु तथा एस.ई.ई मा उत्कृष्ट अंका प्राप्त गरेका मगर समुदायका रोजिन थापा, विनिता आले मगर, मोहान थापालाई प्रशंसा पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तारा प्रसाद बुढथोकीको स्वागत र सचिव लिल कुमार रानाको संचालनमा सम्पन्न भएको थियो । भने कार्यक्रममा अध्यक्ष शेर बहादुर पुनले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए, त्यस्तै मगर संघ इकाई कोषाध्यक्ष केशर बहादुर थापा र नेपाल बौद्ध सेवा समितिका कोषध्यक्ष निराञ्जन थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
नव निर्वाचित जनप्रतिनिधीलाई सम्मान 
त्यस्तै नेपाल मगर संघ र नेपाल महिला संघ इकाई समति बुटवल उपमहानगरपालिका–१३ ले संयुक्ता आयोजनामा शनिबार बदेल पोखरी पितृथानमा बुटवल उप–महानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उप–प्रमुख, वडा नं. १३ का वडा अध्यक्ष, महिला सदस्यहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा मगर संघले नगर प्रमुख शिवराज सुवेदी र उप–प्रमुख गोमा आचार्य, बुटवल १३ का वडा अध्यक्ष नारायण पुन, महिला सदस्य विष्णु शर्मालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै वुटवल उपमहानगरपालिकामा प्रमुख सुवेदीले जनता संग प्रत्यक्ष सहकार्य गर्दै विकासका लागी हातेमालो गर्दै अगाडी बढ्ने जनकारी दिए । उनले भने–‘मेरो कार्यकाल भित्रै उदाहरणीय काम गर्नेछु, मथ, मन्दिर, पाटी पौवा, गुम्बा, भाषा, धर्म, संस्कृति संरक्षमा मेरो विशेष प्रथामिकता हुनेछ ।’ त्यस्तै वडा अध्यक्ष नराण पुनले वडाको विकासको लागि सक्दो सयहयोग गर्ने प्रतिबद्धाता गरेका छन् । उनले मगर समुदायको संस्कृति संरक्षणमो विशेष पहल गर्ने समेत बताए ।
