बिकासका लागि देवदह सम्मेलन

Read Time:3 Minute, 17 Second

गोविन्द घर्ती
Image may contain: 10 people, people sitting

साउन २४ । शुसासन विना विकास निर्माणले फड्को मार्न नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले स्थानीय निकायमा शुसासन नहुदा आमनागरिकले समेत दायित्व पुरा गर्न नसकिने भएकोले नगरपालिकाले शुसासन कायम गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण रहेकोले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै जानु पर्ने बताउदै त्यसको लागि नगरपालिकाले पर्यटकीय विकासको लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसको लागि देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको उत्खनन् गर्न रहेको भन्दै नगरपरिषदबाट बजेट विनियोजन गर्न आवश्यक रहेको बताएका थिए । देवदह नगरपालिकाले आयोजना गरेको विकासका लागि देवदह सम्मेलनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले देवदहको विकासको लागि गुरुयोजना आवश्यक रहेको भन्दै देवदह विकास कोष स्थापन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भूमि खण्डीकरणका कारण कृषि आन्यौलमा परेको भन्दै नगरपालिकाले भूउपयोगी नीति अवलम्वन गर्नुपर्नेमा जोड दिएका थिए । देवदह नगरपालिकाले कृषकलाई अनुदानको व्यवस्था गरी कृषिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काग्रेसका नगरसभापति गुणाखर भूर्तेल, माओवादी केन्द्रका अध्यक्ष मोतीलाल ढकाल, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, पर्यटन विकास समितिका सिद्धिचरण भट्टराई, दलबहादुर विकरकट्टा, नमराज पुरी, वासुदेव रिमालले बोल्नु भएको थियो ।

त्यसैगरी निलकण्ठ पौडेल, गोपाल ढकाल, मित्रलाल न्यौपाने, कृष्णप्रसाद पौडेल, प्रमोद खनाल, दिल्लीराज मरासिनी, बमबहादुर गुरुङ्ग, वालकुमार श्रेष्ठ, तेजु अर्याल, प्रजापति सापकोटा, आमोस खड्का, त्रिलोचन दहाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । गंगा पन्थीको संचालनमा भएको कार्यक्रममा नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %