देव पचभैया
पाल्पा, साउन २३ -जिल्ला समन्वय समिति पाल्पाको लागी मंगलबार निर्वाचन हुने भएको छ ।
समितिको प्रमुख, उपप्रमुख र एक सदस्य पदमा निर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनका लागी नेकपा एमालेको तर्फबाट प्रमुखमा दयाराज बस्याल, उपप्रमुखमा मिरा मरासिनीको उम्मेदवारी परेको छ । नेपाली काग्रेसको तर्फबाट प्रमुखमा हेम प्रसाद अर्याल र उपप्रमुखमा शान्ती झेडी थापाले उम्मेदवारी दिनुभएको छ । निर्वाचनका लागी २० जनाको नामावली प्रकाशन भएकोमा एमालेका १३ र काग्रेसको पक्षमा ७ मतदाता रहेको बताइएको छ ।
सदस्य पदमा एमाले बाट होम नाथ भट्राई, तुल बहादुर गाहा, इश्वरी प्रसाद न्यौपाने, भेष बहादुर बंशी, कमला थापा, इन्द्रा चिदि र खरगति सारुको उम्मेदवारी परेको छ ।
