बिधार्थीलाई सम्मान

Read Time:3 Minute, 15 Second

बिक्रम बाह्रघरे

पाल्पा, साउन २३ – नेपाल मगर विद्यार्थी संघ पाल्पाले एसईई उत्तीर्ण मगर विद्यार्थीलाई सम्मान गरेको छ । २०७३ सालको एसईई परिक्षामा ग्रेड ए प्लस र ए ल्याउन सफल  ७७ जना मगर समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको हो । हरेक वर्षजस्तै संघले मगर समुदायबाट उत्तीर्ण उत्कृष्ठ विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम अनुसार शनिबार कार्यक्रम गरी सम्मान गरेको संघकी जिल्ला अध्यक्ष रुपा थापाले जानकारी दिनुभयो ।

बिधार्थी सम्मान कार्यक्रममा बोल्दै प्रमूख अतिथि नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सचिव तेजबहादुर रानाले मगर समुदायबाट एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई गरिएको सम्मान कार्यक्रमले विद्यार्थीको मनोभावना माथि उठाउन सहयोग गर्ने बताउनुभयो । उहाँले मगर विद्यार्थीहरुले राज्यको भाषिक असमान नीतिका कारण पनि अन्य विद्यार्थीले जत्तिकै नतिजा ल्याउन सफल भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पा शाखाका अध्यक्ष केहरसिंह रानाले एसईई उत्तीर्ण विद्यार्थीले मगर समुदायको शीर उचो गर्ने काम गरेकोमा बधाई दिनुभयो ।  सम्मान कार्यक्रममा आदिवासी जनजाति महासंघका संस्थापक अध्यक्ष गमबहादुर थापा, नेपाल मगर संघ, पाल्पाका उपाध्यक्ष जहरसिं सारु, नेपाल मगर विद्यार्थी संघका लुम्बिनी अन्चल सहसचिव प्रदिप घर्ती, कोषाध्यक्ष मधुसुधन सिंजाली, रुपन्देही अध्यक्ष मनिस फाल, मगर महिला संघ, पाल्पाकी अध्यक्ष प्रतिक्षा सिंजाली, पूर्व अध्यक्ष पुष्पादेवी थापा, मगर संघका कार्यालय सचिव नरेन्द्र सिंजाली, भूपू सैनिक संघका लालमणी पुन , बिधार्थी नेता तेजु घर्तीलगायतले बधाई तथा शुभकामना दिनुभयो ।

सम्मान कार्यक्रममा ए ल्पस ग्रेड ल्याउने १० जना र ६७ जना ए ग्रेड प्राप्त गर्ने विद्यार्थी गरी ७७ जनालाई सम्मान गरिएको थियो । मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष रुपा थापामगरको अध्यक्षता, उपाध्यक्ष लंक रानाको स्वागत र सचिव अमित रास्कोटीको संचालनमा कार्यक्रम भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %