पाल्पाका जनप्रतिनिधीलाई सम्मान गरिदै

Read Time:1 Minute, 38 Second

देव पचभैया

पाल्पा, साउन २३ – आउने बुधबार पाल्पाका सबै जनप्रतिनिधिलाई सम्मान गरिने भएको छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वयन परिषद पाल्पाले २३ औ विश्व आदिवासी दिवसको अवसरमा पाल्पाका  दुबै नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिका प्रमुख उपप्रमुख र वडाअध्यक्षलाई बधाइ तथा शुभकामना कार्यक्रम गर्ने तयारी गरेको छ । संघले आईतबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रममा अन्तरक्रिया, भेटघाट, संगठन विस्तार, अधिवेशन, सम्मान लगायतका कार्यक्रमहरु भैरहेको जानकारी दिदै जिल्लाका सबै प्रतिनिधिलाई एक ठाउमा राखेर सम्मान गर्न लागेको जानकारी गराएको हो ।

कार्यक्रममा जिल्लामा रहेका सबै जातीय संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो पहिचान भेषभुषा सहित उपस्थित हुने र झाकी र्याली ले बजार परिक्रमा गर्ने समन्वय समितिका जिल्ला अध्यक्ष केहरसिंह रानाले जानकारी दिनुभयो । तानसेन नगरपालीकाको हलमा कार्यक्रम हुने समन्वय समिति पाल्पाका सस्थापक अध्यक्ष गम बहादुर थापाले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %